Logo

नेचा सल्यानमा विद्युत हाउस वायरिङ तालिम सुरु, २० जनाले सहभागीता जनाउदै


कलाखबर संवाददाता,२६,चैत्र,नेचा सल्यान–सोलुखुम्बु । नेचा सल्यानमा ४५ दिने विद्युत हाउस वायरिङ तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र सामाजिक व्स्वास्थ्य शिक्षा उत्थान केन्द्रको शाखा कार्यलय सोलुखुम्बुको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको हो । ४५ दिने तालिमलाई नेचा मसल्यानका वडा अध्यक्ष भेष कुमार बास्तोलाले ब्यानर पढेर उद्घाटन गरेका थिए ।

२० जना सहभागी रहेको तालिमलाई प्रशिक्षक डिल्ली शर्माले सञ्चालन गर्ने भएको छ । औपचारिक रुपमा उद्घाटन गरिएको कार्यक्रममा नेचा सल्यानका वडा अध्यक्ष भेष कुमार बास्तोला सभापति रहेका थिए । घरेलु तथा साना उद्योग बिकास समितिका सुचना अधिकारी कुमार लामा बिशिष्ट अतिथि र सामाजिक स्वस्थ्य शिक्ष् ा उत्थान केन्द्रका कार्यक्रम संयोजक राज कुमार राई,उद्यम बिकास सहजकर्ता सम्झना घिमिरे, तथा सोलु एफ संवाददाता डिल्ली शर्मा, अतिथिको रुपमा रहेका थिए ।

सीप बिकास मुलक तालिमलाई उद्घाटन गर्दै अध्यक्ष भेष कुमार बास्तोलाले भित्री आत्मा देखि नै तालिम अवधीभर जाँगरुक भएर सीप सिक्न आग्रह गर्नु भयो । यो तालिमको अथाह क्षेत्र रहेको र यसले ब्यवहारिक जीवनमा समेत परिवर्तन ल्याउन सक्ने भएकोले कुनै पनि हालतमा खेलाचीको रुपमा नलिई दिन समेत आग्रह गर्नु भयो । सीप सिकेर स्वालम्बी बन्नुस्, सफल उद्यमी बन्नुस्, अनि फेरि आफुनो आवश्यकता अनुसारको थप तालिमको माग गर्नुस्, ।

जसको लागी तपाईहरुको साथमा सधै जनप्रतिनिधिहरु रहेने छ भन्नु भयो । घरेलु तथा साना उद्योगका सुचना अधिकारी कुमार लामाले तालिममा सहभागी सबैलाई शुभकामना दिदै,सफल्ता पूर्वक तालिम सकाउन आग्रह गर्नु भयो । यो तालिमको मुख्य उद्देश्य नै युवा बेरोजगारीलाई हटाएर आत्मा स्वालम्बी बन्न सिकाउनु र सफल उद्यमी बनाउने रहेकोले त्यो अनुसारको सीप सिक्नुस बन्नु भयो ।

यो सीप सिक्न १६ वर्ष देखि ४५ बर्ष सम्मका उमेर समुह तोकिएकोले त्यो उमेर समुह मात्र सीप तालिममा बस्न समेत आग्रह गर्नु भयो । देशका विभिन्न जिल्लामा गरिबी निवारनका उद्यमशीलता तालिम तथा विभिन्न शीर्षकमा सीप बिकास मुलक तालिम सञ्चालन भई रहेको सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका अध्यक्ष राम नाथ पोख्रेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्