तीन महिने सिलाई कटाई तालिम समापन १९ जनालाई प्रमाण पत्र वितरण
कलाखबर संवाददाता,२२,चैत्र–फाप्लु सोलुखुम्बु । घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु र दुधकण्ड नगरपालिका वडा नं ४ को संयुक्त आयोजनामा सञ्चालित तीन महिने सिलाई कटाई तालिम समापन गरिएको छ । समापन कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका कार्यलय प्रमुख एवम् उद्योग अधिकृत उमेश वाग्ले सभापति रहेका थिए ।
सोलु दुध कुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा प्रमुख अतिथि र नगरपालिका प्रभक्ता शारदा माया तामाङ बिशेष अतिथिको रुपमा रहेर कार्यक्रमको सोभा बढाएका थिए । सिलाई कटाई तालिममा १९ जनाले सहभागीता जनाका थिए । सहभागी सबैलाई प्रमाणपत्र तथा १० जनालाई ८० प्रतिशत छुटमा मेसिन र अन्य सामाग्री उपलब्ध गराएको घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुका सुचना अधिकारी कुमार लामाले जानकारी दिनुभयो ।
सबै सहभागीहरुले निकै उत्सुक्ता र मेहिनतका साथ यो तीन महिनाको तालिम सफल्तापूर्वक पुरा गरेको समेत उहाले कलाखबरलाई बताए । महिलाहरुको क्षेमता तथा सीप अभिबृद्धि गर्ने यो तालिमको मुख्य उद्देश्य रहेको थियो । कार्यक्रमको सभापति तथा उद्योग अधिकृत उमेश वाग्लेले सहभागी सबैलाई शुभाकामना तथा बधाई दिदै प्रमाण पत्र वितरण गरेका थिए ।
प्रमाणपत्र वितरण पछि कार्यक्रममा बोल्दै उद्योग अधिकृत वाग्ले तपाईहरु सफल उद्यमी बन्नुस् र ब्यावसाय सुरु गर्नुस्, हामी ८० प्रतिशत छुटमा आवश्यक सामाग्री उपलब्ध गराउछौँ भन्नु भयो । तालिम निकै सफल्तापूर्वक र उत्साहजनक तरिकाले सम्पन्न भएको बताउदै यसलाई सहि ढङ्गबाट ब्यवहारमा उर्तान सोलु दुध कुण्ड नगरपालीका प्रमुख नाम्गेल जाङबु शेर्पाले आग्रह गर्नु भयो ।
यो नगरपालीका भित्रका सबै महिलाहरुलाई सक्षम बनाउदै आर्थिक बिकास गर्ने मुख्य उद्देश्य रहेको बताउदै आउदो बर्ष फेरि थप तालिम दिने समेत प्रमुख शेर्पाले बताउनु भयो । महिला सक्षम भयो भने देशको आर्थिक बिकासमा समेत सहयोग पुग्ने विश्वास रहेको उहाको भनाई थियो । अर्को प्रभक्ता माया तामाङले महिला सक्षम भयो भने झैझगडा,हत्या हिंसाको समेत अन्त्य हुने बताउनु भयो ।
आर्थिक बिकासमा महिलाको ठूलो हात रहेको प्रभक्ता तामाङको भनाई थियो । अहिले समयले कोल्टे फेरि सकेको र यो अवस्थामा हरेक महिलाको हातमा केही न केही सीप हुन आवश्यक रहेको उहाले बताइन् । सहभागीहरु सबैको मुहारमा निकै उल्लाश र खुशी देखिएका थिए । यो तालिम पौष महिनाबाट सुरु गरिएको थियो ।