खुम्बु पासाङ खरीखोलामा सीप बिकास मुलक बिद्युतीय प्राविधिक हाउस वायरिङ तालिमको उद्घाटन ।
कलाखबर संवाददाता,२१,चैत्र,खरिखोला–सोलुखुम्बु । खुम्बु पासाङ ल्हमु गाँउपालीका खरीखोलामा सीप बिकास मुलक बिद्युतीय प्रविधिक हाउस वायरिङ तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति सल्लेरी र सिर्जन शिल गोदावरी महिला समाजको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको हो ।
वडा सदस्य आङ दावा शेर्पा र भेष बहादुर घिमिरेले ब्यानर पढेर तालिमलाई उद्घाटन गरेका थिए । दोस्रो चरण सम्मको तालिमलाई उद्यम विकास सहजकर्ता सन्तोष जेठाराले सञ्चालन गर्नु भएको थियो । फागुन २५ गतेबाट सञ्चालन गरिएको दोस्रो चरणको तालिम आठ दिन सम्पन्न भएको छ ।
यो चरण अन्र्तगत व्व्व्व्ब्यावसाय सचेतना, व्ब्यावसाय सुरु, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम सञ्चालन गरिएको थियो । यो पश्चात तेस्रो चरण अन्र्तगत सहभागी र स्थानीयहरुकोे माग अनुसार विद्युत प्राविधिक सम्बन्धी तालिम सञ्चालन गर्न लागिएको सहजकर्ता सन्तोष जेठाराले बताउनु भयो ।
यो तालिम अन्र्तगत जम्मा २० जनाले सहभागीता जनाउने भएको छ । सहभागीहरुलाई वालकृष्ण राज भण्डारीले प्रशिक्षण दिने भएको छ । सबै सहभागीहरुले यो तालिम सिकेर स्थानीय बासीको मुहार फेर्ने विश्वास रहेको वडा सदस्य आङ दावा शेर्पाले बताउनु भयो । साथै यो सीप सिकेर सबैले ब्यावहारमा ल्याउने बिश्वास समेत उहाले ब्यक्त गर्नु भयो ।
अर्को वडा सचिव भेष बहादुर घिमिरेले सबै सहभागीहरुलाई शुभकामना दिनुभयो । यो तालिमको अथाहा क्षेत्र रहेको बताउदै यसलाई खेलाचीको रुपमा नलिन समेत उहाले आग्रह गर्नु भयो । तालिममा सहभागी भाईकाजी मगरले आफ्नो ठाँउमा आएर निशुल्क तालिम सञ्चालन गरिएकोमो आफु खुशी भएको बताउदै आयोजकलाई धन्याबाद दिनुभयो ।