Logo

खुम्बु पासाङल्हमु गाँउपालिका खरीखोलामा प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईद्वारा सडक उद्घाटन 


कलाखबर संवाददाता,१९,चैत्र–खरिखोला सोलुखुम्बु । प्रदेश न १ का मुख्य मन्त्रि शेरधन राईले आईताबार खुम्बु पासाङ ल्हमु सडकको उद्घाटन गर्नु भएको छ । सल्लेरी,माप्यदुधकोशी हुदै खुम्बु पासाङ खरिखोलासम्म सडक जोडिएको अवसरमा खुम्बु पासाङ गाँउपालीकाले सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्रि राईले आजको दिनबाट आधिकारिक रुपमा खुम्बु पासाङ सम्म सडक प्रबेश गरेको बताउनु भयो । आजको दिनबाट निरन्तर रुपमा सडक बिस्तार गर्ने र अबको दुई बर्षभित्र चौरीखर्क सम्म सडक पुर्याउने बताउनु भयो । जसका लागी साथमा प्रदेश सरकार रहेको र आवश्यक बजेत बिनीयोजन गर्ने बताउनु भयो ।

आजकै दिन सुविधा सम्पन्न हस्पिटलको पनि उद्घाटन भएको र यसलाई पनि चाडै पूर्णता दिनुपर्छ भन्नु भयो । जसका लागी हातेमालो गर्दै गाँउपालीका सरकार अगाडी बढ्न तयार रहेको मन्त्रि राईको भनाई थियो । हेली कप्टरमा आएका मन्त्रि राईले एकै दिन सडक ,हस्पिटल,दलित भवन र बासा खास्तापको प्रहरी भवन गरि चारवटा कार्यक्रमको उद्घाटन गरेका थिए ।

गाउँपालीका प्रमुख ङिमा दोर्जे शेर्पाले कार्यक्रममा बोल्दै केही महत्वपूर्ण मागहरु राखेका थिए । सुबिधा सम्पन्न हस्पिटल निर्माण, खरिखोला मा.वि को भवन निर्माण, महेन्द्र ज्योति मा. वि.को सुविधा सम्पन्न हल निर्माण तथा फराकिलो सडकको चाडो बिस्तार गर्नु पर्ने जस्ता मागहरु राखेका थिए । अबको दूई बर्ष भित्र आवश्यक पूर्वधार सडकको बिस्तार गरी प्रशस्त मात्रमा पर्यटक भित्र्र्याउने लक्ष्य  रहेको बताउनु भयो ।

त्यसतै सोलुखुम्बु साँसद हेम कुमार राईले कार्यक्रममा बोल्दै अबको दुई बर्षभित्र जसरी पनि लुक्ला चौरीखर्क सम्म सडक पुर्याउने बताउनु बताउनु भयो । सडक बिस्तार गरी लाखौ संख्यामा पर्यटक भित्र्याएर आर्थिक समृद्धी गर्ने लक्ष्य रहेको राईले बताउनु भयो । कार्यक्रममा जिल्लाका विभिन्न बिशिष्ट ब्यक्तित्वहरु सि.डि.ओ.प्रहरी प्रमख,स्थानीय तहका जनप्रनिधीहरु तथा विद्यालयका प्रधानाध्यपकहरु समेतको उपस्थिति रहेका थिए ।

खुम्बु पासाङ ल्हामु सडकलाई अबको दुई बर्ष भित्र चौरीखर्क सम्म पुर्याउनका लागी आगामी बजेटको भोलुम थप्न प्रदेश १ का साँसद बुद्धि राज भण्डारीले मुख्य मन्त्रि शेरधन राईलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्