महाकुलुङ गाउँपालीकामा एभरेष्ट बैङ्कको शाखा बिस्तार, स्थानीय हर्षित

कलाखबर संवादाता,१७,चैत्र– महाकुलुङ सोलुखुम्बु । जिल्लाको विकट मानिएको स्थानीय तह कोशीपारीको गाँउपालीका बुङमा एभरेष्ट बैङ्कले आफ्नो शाखा बिस्तार गरेको छ । सो शाखा कार्यलयको बुधबार गाँउपालीका प्रमुख सागर किराँतीले उदघटन गरेका थिए । किराँतीले आफै खाता खोलेर पहिलो कारोबारको शुभ–आरम्भ समेत गरेका थिए ।
अध्यक्ष किराँतीले बैङ्कलाई सरल र सहज प्रभाकारी रुपमा प्रवाह गर्न सके आर्थिक कारोवारको विश्वासिलो माध्यम बन्न सक्ने बताउनु भयो । अब हरेक स्थानीय तहमा नै बैङ्क स्थापना भए पछि स्थानीय हर्षित भएका छन् । बैकिङ सुविधा लिनका लागी टाढा जिल्लाको सदरमुकाम जानु पर्ने बाध्यता अब हटेको बैङ्कले जनाएको छ ।
बैङ्कको स्थापनासँगै स्थानीय नागरीकको बचत गर्ने बानी हुने र त्यसले स्थानीय स्तरको आर्थिक समृद्धिको विकास हुने समेत बैङ्कले विश्वास लिएको छ । बैङ्क स्थापनाको उदघाटनसँगै करिब डेढ सय जनाले खाता खोलेर कारोवार सुरु गरेको समेत बैङ्कले जनाएको छ ।