छेस्काम माध्यमिक विद्यालयलाई शिक्षक आवहान

कलाखबर संवाददाता १७,चैत–सोलुखुम्बु । महाकुलुङ गाउँपालीका छेस्काम मा.बि. ले निम्न तह र अनुभव भएका करारमा शिक्षक आहवान गरेको छ । निम्न अनुभव र योग्यता पुगेका उमेदवारहरुले उमेदवारी दिन सक्ने प्रधानाध्यापक गुरु प्रसाद राईले जानकारी दिनुभएको छ । आवश्यक प्रविधिक सुविधा सहितको विद्यालयलाई अझै नमुना विद्यालयको रुपमा स्थापना गर्न प्रयास गरिरहेको समेत राईले बताउनु भयो ।
विद्यलयमा नेट तथा सिसी क्यामेरा सहित जडान गरि विद्यार्थीहरुको गतिविधिलाई निगरानी राखिएको गाउँपालका प्रमुख सागर किराँतीले बताउनु भयो । यो सुचना सागर किराँती र गुरु प्रसाद राईले फेस्बुकबाट समेत प्रसारण गरी सकेका छन् । ईच्छुक उमेदवारहरुले निम्न सूचनालाई आधार मानी सम्र्पक तथा उमेदवारी दिन सकिने गाँउपालका प्रमुख सागर किराँतीले जानकारी दिनुभयो ।
सुवर्ण अवसर ! सुवर्ण अवसर !! सुवर्ण अवसर !!!
यस छेस्काम मा.वि. छेस्कामलाई शैक्षिक सत्र २०७६ बाट आधारभूत तह कक्षा प्ले ग्रुप देखी दुई सम्म अंगे्रजी माध्यममा नयाँ कक्षाहरु Grade Teaching सञ्चालन गर्नु पर्ने भएको हुँदा अंगे्रजी माध्यममा शिक्षण गर्न सक्ने तपशिलको योग्यता भएको नागरीकहरुबाट दर्खास्तको आह्वान गरिन्छ ।
१) विज्ञापन नं. ०१/२०७५/०७६
२) पाठ्क्रम:आधारभूत तह कक्षा १ देखी ५ कक्षा सम्मका नेपाली बाहेगका सबै विषयहरुबाट अंग्रेजी माध्यममा प्रश्न सोधिनेछ ।
1. Writen test 80 marks
2. Instructional plan 20 marks
3. Interview 15 marks
4. Class observation 10 marks
३) विज्ञापन मिति : २०७५ चैत्र ७ गतेदेखी २०७६ बैशाख ७ गते सम्म
४) सम्पर्क मिति : २०७६ बैशाख ७ गते
५) परिक्षा मिति : संपर्क मितिको दिन तोकिनेछ
६) नियूक्तिको किसिम : निजी करार
७) आवश्यक शिक्षक संख्या : ३ जना
८) शैक्षिक योग्यता : न्यूनतम कक्षा 12 पास गरेको साथमा अंगे्रजी भाषाका ४ सीपहरुमा विशेष क्षमता भएको, अंग्रेजी माध्यममा शिक्षण गरेको अनुभव भएको, कम्प्यूटरमा आधारभूत ज्ञान भएको, मन्टेस्वरी तालीम लिएको उमेद्वारलाई छनौटमा विशेष प्राथमिक्ता दिईने छ ।
९) तलब सुबिधा : मासिक २३५०० साथमा अभिभावक तथा विद्यार्थी संपर्क परामर्श संचार भत्ता मासिक १५००
१०) उमेर : १८ वर्ष पुरा भै ४० वर्ष ननाघेको
११) निवेदन दस्तुर : रु २००० पछि फिर्ता नहुने गरी साथमा उम्मेद्वारले दर्खास्त सहित आफ्नो शिक्षणकलासँग सम्बन्धित शैक्षणिक योजना अंग्रेजी माध्यममा तयार गरि उपलब्ध गराउनुपर्नेछ , जस्मा शिक्षण विधि, कमजोर विद्याथी उपचार बिधि, गृहकार्य तथा कक्षा कार्य, अभिभावक परामर्श भेटघाट, अतिरिक्त क्रियाकलाप, कक्षा व्यवस्थापन आचारसंहिता, विद्यार्थी मूल्याङ्कन, परिक्षाको तौर तरिका तथा विधि,शैक्षिक सामाग्रिको प्रयोग, व्यक्तिगत विद्यार्थी शिक्षण, घटना मामला अध्ययन जस्ता क्षेत्रहरु विषेशगरि रहनुपर्ने छ ।
१२) छनौट प्रकियाः लिखित, मौखिक तथा कक्षा अवलोकन साथै दर्खास्त परेको उम्मेद्वारहरुमध्येबाट उत्कृष्टलाई योग्यताक्रम अनुसार छनौट गरिने र परिक्षा समितिले अंगेजी माध्यममा शिक्षणगर्न अयोग्य ठहराएमा पुन आवश्यक शिक्षक छनौटको लागि विज्ञापन गरिनेछ ।
१३) दर्खास्तसँग पेश गर्नुपर्ने आवश्यक कागजातहरु : शैक्षिक योग्यताको प्रतिलिपि, पि.पि. साइजको फोटो २ प्रति, अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि, नागरिक्ताको प्रतिलिपि, शैक्षणिक योजना ।
पुनश्च : उम्मेद्वारले आफ्नो निवेदन तथा शैक्षणिक योजना इमेल मार्फत पनि पेश गर्ने सकिनेछ ।
Email: gpthulung@gmail.com
Contact No : 9842896972
गुरु प्रसाद राई
प्रधानाध्यापक