Logo

सोताङ गाउँपालीकामा उद्यमशीलता तालिम सम्पन्न, ३८ जना उद्यमीहरुको उत्सुक्ता पूर्वक सहभागीता


 

कलाखबर संवाददाता,१५,चैत्र,सोताङ सोलुखुम्बु । सोताङ गाउँपालीका सोलुखुम्बुमा लघु उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति सल्लेरी सोलुखुम्बुको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र शाखा कार्यलय सोलुखुम्बु सल्लेरीको आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो ।

सोलुखुम्बुको आठवटा गाँउपालिकामा यस किसिमको कार्यक्रम सञ्चालन गर्न लागीएको घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुका सुचना अधिकृत कुमार लामाले बताउनु भयो । फागुन २५ गतेबाट सञ्चालन गरिएको दोस्रो चरणको तालिम आठ दिन सम्पन्न भएको छ । यो चरण अन्र्तगत व्यवसाय सचेतना, व्यवसाय सुरु, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।

३८ जना उद्यमीहरुले सुरुदेखि अन्तिम सम्म सहभागीता जनाएका थिए । तालिमको मुख्य उद्देश्य उद्यमीहरुलाई ब्यवसाय प्रति सचेत गराई सहि दङ्गबाट आफ्नो व्ब्यावसाय आफै शुरु गर्न उत्प्रेरित गर्नुका साथै आत्म स्वालम्बि बनाउनु रहेको थियो । तालिम उद्यम बिकास सहजकर्ता प्रशिक्षक देवी पुन र अम्बिका गाहा मगरले सञ्चालन गरेका थिए ।

दुवै प्रशिक्षकको सिकाई तथा मौलिक कलाले सबै सहभागीहरुलाई प्रभावित बनाएको सहभागी तथा उद्यमी आरती राईले बताईन् । व्ब्यवहारिक जीवनसँग मेल खाने खेल, मनोरञ्जन कला सहित तालिम सञ्चालन गरिएकोले बुझन सजिलो भएको राईको भनाई थियो । अर्का तालिममा सहभागी गणेश राईले गाँउमा निःशुल्क यस किसिमको तालिम लिन पाउदा निकै खुशी लागेको बताउनु भयो ।

यो तालिमले अब केही गर्न सक्छु् भन्ने सिकाएको अर्को सहभागी मति माया राईले बताईन । सिकाउने शैली नै राम्रो भएकोले बुझ्न सजिलो भएको उहाले बताईन् । अनुशासन र निकै उत्सुक्ताका साथ सहभागीहरु तालिम अवधी भर बसेकाले कक्षा सञ्चालन गर्न रमाईलो भएको उद्यम बिकास सहजकर्ता प्रशिक्षक देवी पुनले कलाखबरलाई बताईन् ।

२५ फागुनबाट सुरु गरिएको यो तालिम चैत्रको २ गते समापन गरिएको थियो । यो चरणको तालिम समापन पश्चात तेस्रो चरण अन्र्तगत सीप विकास मुलक तालिम सञ्चालन गरिने जिल्ला कार्यक्रम संयोजक मालती आचार्यले बताईन् ।

प्रतिक्रिया दिनुहोस्