Logo

लोकदोहोरी गित “गंगा र जमुना” को भिडियो सार्वजनिक


कलाखवर समाचारदाता, चैत १ – चर्चित लोकदोहोरी गायक मनोज थापाको लय तथा शब्द रहेको लोक गित “गंगा र जमुना” नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । व्लोसम म्युजिक प्रा.ली को प्रस्तुतिमा रहेको गीतमा मनोज थापा, सुरेश बैजु र विन्दा सुन्दासले सुरिलो आवाज दिएका छन् । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।

गीतलाई व्लोसम म्युजिकको आधिकारिक यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा उशा सुवेदी , एलिना देउजा, उद्वव सापकोटा, तेजेन्द्र गौतम, उदय पौडेल आदिको अभिनय रहेको छ भने भिडियोलाई लक्षमण चौहानले सम्पादन गरेका हुन । छायांकन प्रकाश खड्काले गरे भने दृश्य निर्माण वि. स्टार फिल्मसले गरेको हो ।सोहि गितलाई धेरै दर्शकले मन पराउने अपेक्षा निर्माण पक्षले गरेको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोलाा ।

प्रतिक्रिया दिनुहोस्