Logo

प्रदेश स्तरीय खेलकूद प्रतियोगिता


चितवन, ६ फागुन,प्रदेश नं ३ को प्रदेशस्तरीय खेलकूद प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।

दाहालले खेलाडीको सम्मान आजको आवश्यकता भएको बताउनुभयो । महानगरले खेल क्षेत्रको विकासका लागि रङ्गशाला निर्माणको प्रक्रिया अघि बढाएका छौँ, उहाँले भन्नुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुदिल शाहीले आ–आफ्नो धारणा राख्नुभएको थियो

प्रतियोगितामा १३ जिल्लाका तीन हजार ४९२ खेलाडी सहभागी छन् । खेलाडीले १८ खेलका विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । चितवनमा उसु र एथलेटिक्स खेल मात्र हुनेछ । अरु खेल अन्य जिल्लामा सञ्चालन हुने छन् ।

प्रतिक्रिया दिनुहोस्