Logo

राजदूतहरुको शपथ


कलाखबर संवाददाता,६,फागुन,—काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालका आवासीय राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपालका आवासीय राजदूत दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालका आवासीय राजदूत दीपक अधिकारीले शीतल निवासमा आयोजित समारोहमा शपथग्रहण गर्नुभएको हो ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्