Logo

युग सुहाउँदो प्रस्तुतिमा रासस रुपान्तरण हुन आवश्यक छ ः सञ्चारमन्त्री


कलाखबर संवाददाता,६,फागुण—काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समिति ९रासस०ले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र आधुनिक युगसुहाउँदो प्रस्तुतिमा आफूलाई रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

रासस स्थापनाको ५८औँ वर्ष प्रवेश गरेका अवसरमा मन्त्रालयका तर्फबाट शुभकामना सन्देश व्यक्त गर्दै उहाँले राज्यको एक मात्र समाचार समितिका रुपमा निरन्तर र अविच्छिन्न रुपमा सेवारत रही सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दै आएको राससका लागि नेपाल सरकारबाट सहयोग र समन्वय गर्न प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

विसं २०१८ फागुन ७ गते स्थापित राससले मङ्गलबार आफ्नो केन्द्र र सातै प्रदेशमा स्थापनाको ५८ औँ वार्षिकोत्सव मनाउँदैछ ।

“नेपालको संविधानले प्रेसजगत्लाई पूर्ण स्वतन्त्रताको प्रत्याभूति गरेको छ । वर्तमान सरकार उक्त प्रत्याभूतिलाई संरक्षण, प्रवद्र्धन र कार्यान्वयनका लागि आवश्यक कानून, नीति र संरचनाहरु बनाउँदै प्रेससम्बन्धी कानूनहरुलाई सुदृढ, सबल र व्यवस्थित बनाउन क्रियाशील छ ।

मन्त्री बाँस्कोटाको सन्देशमा भनिएको छ, सरकार प्रेसलाई सङ्कुचन गर्ने कुनै मनशाय नराखी स्वच्छ आलोचनाहरुलाई आत्मसात् गरेर अघि बढिरहेको सर्वविदितै छ ।

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई यथार्थमा परिणत गर्न सरकार क्रियाशील छ । यस कार्यमा सञ्चार क्षेत्रबाट रचनात्मक सहयोग पुग्नेछ भन्नेमा म विश्वस्त छु ।

उहाँले राससलाई हालको अवस्थासम्म पु¥याउनमा योगदान गर्ने व्यवस्थापन पक्ष, पत्रकार तथा कर्मचारीलगायत सम्बन्धित सबैमा धन्यवाद व्यक्त गर्दै राससको प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्