Logo

उपचारका क्रममा प्रजिअ भट्टराईको मृत्यु


कलाखबर संवाददाता ,६,फागुन—काठमाण्डौं । बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडाँैस्थित टिचिङ अस्पतालमा आज दिउँसो निधन भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले उपचारका क्रममा प्रजिअ भट्टराईको दिउँसो निधन भएको बताउनुभयो ।

प्रजिअ भट्टराई, सीमा सुरक्षा बल गण नं १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेल लगायतका टोली चढेको बा१झ १६३३ नं को गाडी माघ १२ शनिबार साँझ ७ बजे दुर्घटनामा परेको थियो ।

घटनामा गम्भीर घाइते प्रजिअ तथा अङ्गरक्षक गुरुङको उपचार वीरगञ्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्