बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना नेता खोज्न सरकारले पैसट्ठी करोड छुटाएको, विप्लप कार्र्यकर्ताको आरोप
कलाखबर संवाददाता,१,फागुण—काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले बाटो बिराउदै शहिदहरुको सपना माथी खेलवाड गरेको आरोप लगाएको छ ।
जनयुद्धबीना शहिद र जनताको सपना पुरा हुन सक्दैन भन्ने यी नै नेताले आज अर्काे बामपन्थी सरकारसँग मिलेर पुलिस नेपाली सेनाको भरमा आफ्नो दुई जना नेता खोज्न पैसट्ठी करोड छुटाएको (नेकपा)का एक नेताले बताए । पैसट्ठी करोड त के ? पैसट्ठी अरबौं छुटाए पनि सम्भब नहुने उनले जिकीर गरे ।
जनयुद्ध दिवसको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रिय सदस्य भृकुटी उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको आरोप लगाएकी हुन् ।
उनले संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढी जनयुद्धका शहीदहरुको अपमान गरेको दावी गर्दै त्यसका विरुद्ध आन्दोलनमा आउन पनि सबैलाई आह्वान गरिन् । उपाध्यायले जनताको जनवादी व्यवस्था ल्याउने उद्देश्यका साथ पार्टीले जनवादी आन्दोलनको सुरु गर्नु परेको दावी पनि गरिन् ।
चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा ¥यालीसहितको प्रर्दशन गरेको छ । प्रर्दशनमा सहभागी भएकाहरुले जनताको शासन व्यवस्था स्थापनाका लागि पार्टीको अभियानमा साथ दिन अपिल गर्दै नाराबाजी गरेका थिए । विप्लप कार्र्यकर्ताले नाराबाजी गर्दै रत्पार्क शान्तिबाटीकाबाट जुस सुरु गरि भृकुटी मण्डप सुन्धारा परिक्रमा गरेका थिए ।