Logo

ओखलढुंगामा महेन्द्र कम्पनीको शो रुम


कलाखबर संवाददाता,२७,माघ–काठमाण्डौं । ओखलढुंगामा महेन्द्र कम्पनीको शो रुम स्थापना गरिएको छ । सो कम्पनीको शो रुमलाई प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेको हो ।

आइतबार ओखलढुंगामा महेन्द्र कम्पनीको शो रुम उद्घाटन गर्दै मुख्य मन्त्री राईले स्थानीय गाँउ बिकासका लागी यसले ठूलो सेवा दिने बिश्वास व्यक्त गर्नु भयो । सो क्रममा अब बिस्तार–बिस्तार सबै गाँउमा बिकासको लहर छाईसकेको समेत राईले बताउनु भयो ।

ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा सेवा दिने उद्देश्यले रुम्जाटार अटो मोबाइल्स प्रा।लि।ले शो रुम सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्