Logo

अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की को सिक्किममा रोमान्स


कलाखबर संवाददाता,२७,माघ–काठमाण्डौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्की यतिबेला सिक्किम पुगेका छन् । ‘हजार जुनीसम्म’ फिल्मको छायाँकनको क्रममा यी जोडी त्यहा पुगेका हुन् । रोमान्टिक शैलीको गीतमा आर्यन र प्रियंकाले रोमान्टिक शैलीमै अभिनय गरिहेका छन् ।

विकासराज आचार्यको निर्देशन रहेको फिल्मको एक गीतको सिक्किमका बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । चाँगु लेकमा खिचिएको गीतमा आर्यन र प्रियंका निकै रोमान्टिक मुडमा छन् । फिल्ममा आर्यन एक छोराको पिताको भूमिका निर्बाह गर्दैछन् । यसका लागि उनले आफ्नो गेटअपमा निकै परिवर्तन गरेका छन् ।

बाबुको भूमिकामा फिट देनिन उनले दाह्री र जुँगा निकै बढाएका छन् । फिल्म सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका जेठा छोरा विशाल चाम्लिङले निर्माण गरेका हुन् । फिल्ममा प्रियंका र आर्यनको अक्की प्रधान, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ ।

अक्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । काठमाडौं, पोखरा र सिक्किममा छायांकन हुने कथा सामिप्यराज तिमिल्सना र निर्देशक आचार्यको रहेको छ । फिल्मको अहिले आधाभन्दा बढी छायाँकन सकिएको निर्देशक आचार्यले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस्