Logo

पशुपालनको क्षेत्रमा योगदान पु¥याउने सम्मानित


कलाखबर संवाददाता,२६,माघ–चितवन । चितवनको माडीमा पशुपालनको क्षेत्रमा योगदान पु¥याएका तीनलाई सम्मानित गरिएको छ । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीको प्रथम वार्षिकोत्सवका अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकाल, अन्नपूर्ण दुग्ध किसान सहकारी संस्थाका अध्यक्ष भागिरथ तिमिल्सिना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा डा भूमिनन्द देवकोटालाई सम्मान गरिएको हो ।

नगरप्रमुख ढकाललाई माडीको पशुपालनका क्षेत्रमा आर्थिक लगानी वृद्धि गरेको र पशुपालनमा व्यावसायिकीकरण गर्न योगदान पु¥याएको भन्दै सम्मान गरिएको समाजका अध्यक्ष सूर्यप्रसाद भुसालले बताउनुभयो । भैँसी विज्ञका रुपमा काम गर्ने प्राध्यापक देवकोटा र माडीमा कृषक समाज गठन तथा पशुपालक किसानलाई प्रोत्साहन गर्ने तिमिल्सिनालाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

माडीमा पशुपालनको क्षेत्रलाई प्रवद्र्धन गर्न र किसानलाई उत्साहित गराउन वार्षिक कार्यक्रमलाई उत्सवका रुपमा मनाइएको भुसालले बताउनुभयो । कार्यक्रममा व्यावसायिक रुपमा पशुपालन गर्ने माडीका करीब डेढ सय किसानको सहभागिता रहेका थियो । माडीमा झण्डै २०० व्यावसायिक पशुपालक किसान छन् भने दैनिक १० हजार लिटर दुग्ध उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्