घिरिङ गाउँपालिद्वारा कृतिम ताल निर्माणका लागी रु ३० लाख बजेट विनियोजन
सरिना तामाङ, १८, माघ– काठमाण्डौ । तनहुँ घिरिङमा रु तीन करोडको लागतमा कृत्रिम तालको निर्माण हुने भएको छ । पचास रोपनी क्षेत्रफलमा निर्माण हुने सो तालका लागि आवश्यक जग्गा अधिग्रहण गरिनेछ । घुमाउने ताल नामकरण गरिएको सो तालका बीचमा मन्दिर बनाउने योजनासमेत बनाइएको छ । सो ताल निर्माणका लागि घिरिङ गाउँपालिकाले चालू आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका एक्लैको बजेटले ताल निर्माण पूरा नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग आर्थिक सहयोग गर्न अनुरोध गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताउनुभयो ।
उहाँले कृत्रिम ताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन ९डिपिआर० समेत तयार भइसकेको जानकारी दिनुभयो । घिरिङलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित कृत्रिम तालको अवधारणा ल्याइएको छ, अध्यक्ष रानाले भन्नुभयो, “ताल निर्माण शुरु भएको तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । अध्यक्ष रानाले भन्नुभयो, “डुङ्गा चढेर तालको बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन् । उक्त ताललाई पोखराको फेवाताल जस्तै गरी विकास गरिनेछ ।” ताल वरपरका क्षेत्रमा रेस्टुराँ, पिकनिकस्थलसमेत सञ्चालन गर्ने योजना बनाइएको उहाँको भनाई छ ।
पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले वडा नं ३ मा गोफाखोला थुनेर बनाउन लागेको कृत्रिम तालको आज गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले स्थलगत अवलोकन गर्नुभयो । सो अवसरमा मन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटनमा उत्कृष्ट प्रदेश रहेको भन्दै स्थानीय तहले पर्यटन प्रवद्र्धनका लागि चाल्ने हरेक गतिविधिमा प्रदेश सरकारको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “पर्यटनबाटै प्रदेशलाई समृद्ध बनाउने सरकारको योजना छ, हरेक स्थानीय तहले यो लक्ष्यलाई पूरा गराउन सहयोग गर्नुपर्छ ।