Logo

किराँत राष्ट्रीय मुक्ति मोर्चाको नयाँ नेतृत्वमा सुमन–शाहस



कलाखबर संवाददाता,१७,माघ–काठमाण्डौं । किराँत राष्ट्रीय मुक्ति मोर्चाले आज राजधानी काठमाण्डौंमा नयाँ कार्य समिति गठन गरेको छ । नेकपा माऔबादी केन्द्रका अध्यक्ष तथा नेता गोपाल किराँतीको प्रमुख आतिथ्यमा किराँत मुक्ति मोर्चाले आफ्नो पाँचौ राष्ट्रीय सम्मेलन सहित यो कार्यक्रमको आयोजना गरिएको थियो । कोटेश्वर स्थित सुम्निमा हलमा आयोजित कार्यक्रममा नेकपा माऔबादी केन्द्रका नेता किरण वान्तावा सभापति,तथा नेता तिलक थापा मगर बिशेष अतिथिमा रहेका थिए ।

माऔबादी केन्द्रका अन्य नेताहरु राजन तिमिल्सिना,अशोक राय माझी,क्रान्तिकारी बिद्यर्थी संघका अध्यक्ष पासाङ तामाङ,प्रदेश नं ३ अध्यक्ष तथा क्रान्तिकारी महिला संघ गीता राई,तथा अन्य नेताहरु मेख बहादुर खत्री, कुमार राई,प्रकाश लिम्बु, लगायतका नेताहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा उपस्थित सबै नेताहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सुरुआतमा शाहस राई स्वागत मन्तब्य दिएका थिए ।

मन्ब्यको क्रममा कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकप माऔबादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले प्रचण्डले माऔबादीको बास्तबिक इतिहास र मुल नारालाई बिर्सेर एमालेको छत्रछाँयामा बिलय हुनु भएकोले आफूहरु नेकपामा नगएको बताउनु भयो । सो क्रममा एक तिहाइ क्रर्यकताहरु प्रचण्ड अध्यक्ष भएकोले खान पाईन्छ भनेर खुशीले गएको र दुई तिहाई कार्यकर्ताहरु निराश हुदै आँशु झारेर जबरजस्ती गएको बताउनु भयो । किराँत राष्ट्रीय मुक्ति मोर्चाले सो कार्यक्रमकाबीच नयाँ कार्य समिति समेत चयन गरेको छ ।

किरात राष्ट्रिय मुक्ति मोर्चाको पाचौ राष्ट्रिय सम्मेलनले सुमन–साहस राईको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको छ । नयाँ कार्य समितिले अध्यक्षमा शाहस राई (काठमाण्डौं) , उपाध्यक्षमा सुमन बाङदेल (खोटाङ) र महासचिबमा किराण राई (भोजपुर) लाई चयन गरेका छन् । त्यस्तै गरि सचिबमा मनिषा राई (सोलुखुम्बु) र अधिस राई (भोजपुर), तथा अन्य सदस्यहरुमा योगेश्वर खालिङ, सुश्मा राई, प्रबिना राई, इन्द्रहाङ राई, ओमन राई, कुमार राई लगायत ३३ केन्द्रिय सदस्यमा नियुक्ति गरेका छन् । “मालेबाद र मुन्धुमको दर्शनअनुसार यस मोर्चाले किरा्ँत प्रदेशको लागी पहल कदमी बढाउने कुरा” नव निर्वाचित उपाध्यक्ष सुमन बाङदेले बताउनु भयो । यस कार्यसमिति गठन पछि मोर्चाले ३ वटा कार्य गरेर अघि बढ्ने घोषणा गरेको छ ।

 

१,  किरात प्रदेश लगायत ऐतिहासिक एबम सामुदायिक प्रदेशहरु निर्माणका लागि संविधान संसोधन गरियोस ।

२, राष्ट्रिय चरित्र नायक दयाहाङ राई र विल्सन बिक्रम राईको शालिक निर्माणको मोर्चा अभियान सञ्चालन गर्ने छ । शालिक स्थापना लागि टेम्के इलाकामा उपयुक्त स्थान खोजी गर्ने जिम्मा मोर्चाको सल्लाहकार कम्रेड किरण बान्तवालाई जिम्मा गरियो ।

३, नयाँ आधारमा किरात प्रदेशको आन्दोलन उठाउने केन्द्रिय समिती विशेष निर्माण गर्ने छ ।

यो मोर्चा नै किराँतीहरुको आधिकारीक मोर्चा हो, अन्य मोर्चा नहरेको र भएको पनि बिघटन भइ सकेको नव गठित एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्