Logo

काठमाण्डौं महानगरपालीकाको आयोजनामा राजधानी सोह्रखुट्टेमा सहिद दिवस कार्यक्रम प्रम ओलीद्वारा माल्यार्पण


                                                                                          तस्बिर ः राजकुमार राई

कलाखबर संवाददाता,१६, माघ– काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै काठमाण्डौं महानगरपालीकाले आज राजधानी सोह्रखुट्टेमा सहिद दिवस कार्यक्रमको आयोजना गरेको छ । यो आवसरमा आज देशभर शहिद दिवस मनाएका छन् ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको सम्झनामा गर्दै प्रधान मन्त्री केपी शर्मा ओलीले माल्यार्पण गरेका थिए ।

प्रत्येक वर्षको माघ १६ गते शहीद दिवस मनाइँदै आएको छ । कार्यक्रममा बोल्दै ओलीले देश र जनताको निम्ति लोडदालोडदै आज चार वीर सपुतहरुले सहादत प्रप्त गरेको दिन भएकोले आजको दिन कसैलाई पनि गाली आरोप प्रत्यारोप गर्न मन नलागेको बताउनु भयो । अहिलेको समृद्ध देश निमार्णमा सेना, प्रहरी, शसस्त्र प्रहरी सबैको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।

वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सघर्षमय जीवन र वलिदानको गाथा , प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहीद दिवस मनाइएको हो । निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको काठमाण्डौं महानगरपालीका प्रमुख विद्या सुन्दर शाक्यले बताउनु भयो ।

कार्यक्रममा बोल्दै उहाले आफूहरु बिकासको लहर फैलाउन लाग्दा बिकास नचाहनेहरुले बाधा पुर्उन खोजिएको बताउनु भयो ।  वि।सं। १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । शहीद दिवशको अवसरमा दिने गरिएको सार्वजनिक बिदा भने केन्द्र सरकारले कटौती गरेको छ । यद्यपि, प्रदेश ३ ले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्