डा.गोबिन्द के.सी.को सर्मथनमा मंगलबार महाराजगञ्न त्रिवि शिक्षण अस्पतालमा धर्ना, प्रहरीद्वारा बिरोध सामाग्री खोसिए
कलाखबर संवाददाता,१५,माघ—काठमाण्डौँ । डा.गोबिन्द के.सी.को सर्मथनमा मंगलबार महाराजगञ्न त्रिवि शिक्षण अस्पतालमा धर्नामा बसेका आन्दोलनकारीहरुको पर्चा, व्यानर जस्ता बिरोध सामाग्रीहरु प्रहरीले खोसाएको छ । २१ दिनदेखि अनशनरत प्रा।डा। गोविन्द केसीको समर्थनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रिले अनशन बस्न चिकित्सकहरुले टाँगेको टेन्ट समेत प्रहरीले हटाई दिएको छ ।
त्रिवि शिक्षण अस्पतालको गणेशमान सिंह भवन अगाडि रिले अनशन बस्न केसीका समर्थकहरुले टाँगेको टेन्ट प्रहरीले हटाइदिए पछि आन्दोलनकारीहरु आक्रोस बनेका थिए । टेन्ट टाँगेर रिले अनशन बसिरहेका डाक्टर, रेजिडेन्ट डाक्टर र विद्यार्थीहरु सबै उठेर प्रहरी दमन मुर्दाबाद, प्रहरी अत्याचार बन्द गर , डा. गोविन्द के.सी जिन्दाबाद जस्ता नारा जुलुस लगाएका थिए ।
त्रिवि शिक्षण अस्पताल प्रशासनले सोमबार प्रेस विज्ञप्ति निकालेर अस्पताल परिसरमा धर्ना, प्रदर्शन र अनशन जस्ता गतिविधि नगर्न अपिल गरेको भन्दै प्रहरीले टेन्ट हटाइदिएको हो । स्रोतका अनुसार अस्पताल प्रशासनले विज्ञप्ति निकालेपछि गृह मन्त्रालयको आदेश भन्दै प्रहरीले टेन्ट हटाइदिएको हो।
१६ औँ पटकको अनशन २१ दिन पुग्दा पनि सरकारले नसुनेको भन्दै चिकित्सकहरुले देशभर आन्दोलनको चेतावनी दिएका छन् । चिकित्सक संघले वार्ताका लागि दबाब दिन सोमबारदेखि देशभरका चिकित्सकलाई रिले अनशन बस्न अपिल गरेको छ । आन्दोलनकारीले खोसिएको सामाग्री फिर्ता नदिए प्रतिकार गर्ने चेतावनी दिएपछि प्रहरीले अन्तिम्मा सबै बिरोध सामाग्री फिर्ता दिएका थिए ।