Logo

गायक उत्सब सुब्बा लामाको तोम्बा र छ्याङ बजारमा ब्यापक चर्चा भिडियो सहित


कलाखबस संवाददाता,१०,माघ, काठमाण्डौं । सेलो गायक उत्सव सुब्बा लामाले रनन रन्किने तोम्बा र छ्याङ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । लामाको आफ्नै आवाज रहेको यो गीतको भिडियोलाई भिमफेदी गाइजले सार्बजनीक गरेको छ ।

धादिङ्ग जील्लालाई जन्मथलो बनाई हाल राजधानी जिल्लालाई कर्मथलो बनाउदै आएका गायक लामा सानैदेखि गीत–संगीतमा अब्बल रुची राख्ने व्यक्ति थिए । हिमाल पारीको जिल्ला मनाङको रमणीय स्थलहरुमा छाँयाङ्कन गरिएको गीतको भिडियो तामाङ सेलो शैलीमा रहेको छ। भियोमा चर्चित कलाकारहरुको रोचक अभिनय देख्न सकिन्छ ।

गायक लामाले हाल सम्म करिब दुई दर्जनको हाराहारिमा आफ्नो सुमधुर स्वरलहरी भरि सकेका छन् । सानैदेखि यसै गीत संगीतलाई माया गर्दै आएका गायक लामाले हाल यसै क्षेत्रलाइै नै मुख्य पेशाको रुपमा अँगाल्दै आएको छ । हाल उनी राजधानीको धारागल्ली स्थित आफ्नै स्टुडियो सञ्चालन गर्दै आएको छ ।

माथि माथि लेकमा , रनन रन्किने तोम्बा र छ्याङ, झिल्के दाजु रामकुमार ,मनमा चोट , आउने हिउदैमा , चन्चले जवानी , धादिङ्गको गजुरी ,साल घारीमा साल, रातो साडी रातो पछ्यौरी, फुल फुल्यो गुरास भिरैमा , जमदार बोकी छोरीले जस्ता गायक लामाका चर्चित गीतहरु हुन् ।

हिमाल पारिको जिल्ला मनाङको माइनस १० डिग्री चिसो तापक्रममाछाँयाङ्कन गरिएको गीतको भिडियोलाई आफूहरुले निकै मिहेनत गरेकोले दर्शकहरुले मन पराउनुहुने विश्वास रहेको भिमफेदी गाइजका निर्मल लामाले बताए । यो भिडियोमा तोम्बा र छ्याङको सेवनले हुने दुर्घटनालाई रमाइलो तवरले प्रस्तुत गरिएको छ।

मनाङ घुम्न गएका युवाहरु छ्याङ खाएर लट्ठ भएपछि सबै सदस्यहरु लुटिएको यथार्थ घटना यो भिडियामा छलङ्ग देखाइएको छ। मिन सागर लामाको शब्द तथा उत्सव सुब्बा लामाको संगीतमा रहेको गीतको सम्पादन तथा छायांकन पवन सुस्लिङले गरेका हुन् भने गीतको कोरियोग्राफी निर्मल लामा स्वयम्ले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्