अत्यधिक हिमपातका कारण दुई हप्ताका १८ को मृत्यु
भियना, ३ माघ ,रासस÷सिन्ह्वा० ः अत्यधिक हिमपातका कारण अष्ट्रियामा दुई हप्तामा १८ जनाको मृत्यु भएको छ । अहिलेसम्म सवै भन्दा पछाडी मृत्यु हुनेमा ५४ र ५८ बर्षका दुई जना पुरुष रहेका छन् ।
लिलिन्फेल्ड जिल्लामा केहीदिन देखि हिउमा बेपत्ता भएका मध्ये दुई जनाको शव भेटिएको हो । उनीहरु यही जनवरी ५ देखि बेपत्ता भएका थिए । त्यसैगरी अर्का एक जना गत शनिबारदेखि बेपत्ता भएका थिए । उनको शव बुधबार भेटिएको थियो ।
समाचारमा जनाइए अनुसार लिच भन्ने ठाँउमा २८ बर्षिय एक जर्मन नागरिकको शनिबार मृत्यु भएको थियो । त्यसैगरी अरु तीन जना जर्मन नागरिक पनि आईतबार मृत अवस्थामा भेटिएको अधिकारीहरुले बताएका छन् ।
खराब मौसमी अवस्थाका कारण हिमपात भइरहेकाले बेपत्ता भएकाहरुको खोजी तथा उद्धारमा कठिनाई भएको उद्धारकर्मीहरुको भनाई छ ।
समाचार एजेन्सी