Logo

राजधानी टुँडीखेलमा माघे सक्रान्तिको रौनक्ता, पचाँस हजार जनमानसले मैदान भरिए, (फोटो फिचर सहित)


कलाखबर संवाददाता,१,माघ—काठमाण्डौं । मंगलबार राजधानी टुँडीखेलमा माघे सक्रान्तिको निकै बाग्लो रौनक्ता छाएको छ । बिशेष गरि मगर जातिहरुको मुख्य चाडको रुपमा मनाइने यो सक्रान्ति हरेक वर्षको माघ १ गते पर्ने गर्दछ । गत बर्षको दाँजोमा यो बर्ष निकै नै बाग्लो मानव सागर उर्लिए । करिब पचाँस हजारको हाराहारिमा अनुमान गरिएको मानव सागरले पुरै टुँडीखेलको मैदान भरिएका थिए ।

इतिहासकै सबैभन्दा ठूलो मानव चापको कारण स्वंयमसेवकहरु व्यावस्थापन गर्न निकै हम्मेहम्मे परेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उप—प्रधानमन्त्री ईश्वर पोख्रेल रहेका थिए भने,अतिथिको रुपमा खानेपानी मन्त्री बिना मगर तथा अन्य सरकारी पदाधीकारीहरु रहेका थिए ।

कार्यक्रममा बोल्दै उप—प्रधानमन्त्री ईश्वर पोख्रेलले परापूर्वकालदेखि मनाउदै आएको यो चाडलाई महत्वपूर्ण रुपमा हेर्नु पर्ने बताउनु भयो । बिदा कटौती गरिएकोमा पनि फेरि सरकारले विचार गर्नुपर्ने धारणा राख्नु भयो । आफु विद्यमान सरकारको जिम्मेवारी व्यतित्व भएकोले यस विषयमा गम्भिर रुपमा सोच्ने बताउनु भयो ।

यस बिषयमा छलफल गरेर आगी नयाँ क्यालेण्डरमा समेटिएर आगामी बर्षदेखि पूर्ण राष्ट्रि बिदाका साथ यो चाड मनाउन सबैलाई विश्वास दिलाउनु भयो । अफु मगरको छोरी चेली भएकोले आफ्नो मौलिक कला सँस्कृति, भेषभुषा,भाषा तथा आफ्नो समुदाय प्रति गौरब लागेको खानपानी मन्त्री बिना मगरले बताइन् । साथै उहाले कार्यक्रम सफल्ताको शुभकामना समेत व्यक्त गरिन् ।

अहिलेको वर्तमान सरकार बडो लगशील र ईमान्दारीताका साथ नयाँ बिकास र जनताको चाहाना अनुसार अमुल परिवर्तमा लागी परेको समेत उहाको भनाई थियो । कार्यक्रममा विभिन मगर संस्कृति र पहिरण झल्काउने गीत तथा नृत्य समेत प्रतुत गरिएका थिए।

प्रतिक्रिया दिनुहोस्