Logo

लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो, (सूचनासहित)


कलाखबर संवाददाता,२५,पौष–काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी ९अप्राविधिक० नायव सुब्बा वा सो सरहको पदहरुमा भर्ना खुलाएको छ । आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो ।

आयोगका अनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुनेछ भने द्धितीय पत्र बैशाख ७ गते हुनेछ । यस्तै तृतीय र चतुर्थ पत्रको परीक्षा क्रमशः बैशाख ७ र ८ गते हुनेछ ।

खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने सो पदहरुमा आगामी माघ १५ भित्र अनलाइन दरखास्त दिन सकिने आयोगले बुधबार निकालेको सूचनामा उल्लेख छ । यस्तै दोब्बर दस्तुत तिरेर माघ २२ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

 

                                              आयोगले निकालेको विज्ञापनसम्बन्धी सूचना यस्तो छ

प्रतिक्रिया दिनुहोस्