अभिनेता प्रदीप खड्कालाई ‘स्टार अफ इयर २०१८ को अवार्डबाट र अभिनेत्री नीता ढुँगानालाई उत्कृष्ट अभिनेत्री अवार्डबाट सम्मान
कलाखबर संवाददाता, २४,पौष। अमेरिका– पछिल्लो समयमा चर्चित अभिनेता प्रदीप खड्का ‘स्टार अफ इयर २०१८’ अवार्डबाट सम्मानित भएका छन् । अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा हालै सम्पन्न तेस्रो ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’ मा उनले सो सम्मान प्राप्त गरेका हुन् । समारोहमा उत्कृष्ट अभिनेत्रीको अवार्ड भने फिल्म पञ्चायतकी अभिनेत्री नीता ढुँगानाले प्राप्त गर्दा सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘भुइँमान्छे’ कलाकार रमेश बुढाथाकीले पाए ।
ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीले सयुँक्त आयोजना रहेको अवार्डमा बर्ष २०७४ को व्यवसायिक सफल फिल्म ‘छक्का पञ्जा २’ ले सर्वात्कृष्ट फिल्म र यसकी निर्देशक दीपाश्री निरौला सर्वोत्कृष्ट निर्देशक ठहरिए । ‘छक्का पन्जा २’ बाटै जितु नेपाल सहअभिनेता, केदार घिमिरे सर्वोत्कृष्ट हास्यअभिनेता र पुरुषोत्तम प्रधान सर्वोत्कृष्ट छायाँकार घोषित भए । १२ विधा समावेश अवार्डमा सहअभिनेत्री रुपा राना, सर्वोत्कृष्ट चलचित्र संगीतकार अर्जुन पोखरेल, सर्वोत्कृष्ट पाश्र गायन सुगम पोखरेल, पाश्र गायिका मिना निरौंला उत्कृष्ट चुनिए ।
कार्यक्रममा अमेरिकामा रहेका नेपाली कलाकर्मी नारायण त्रिपाठी, निर्देशक सूर्य बोहरा, सुरेश दर्पण पोखरेल र खेलाडी यज्ञलाल श्रेष्ठ समेत सम्मानित भएका थिए । विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा थुप्रै नेपाली कलाकारकर्मी सहभागी थिए । कृष्ण मल्ल, शर्मिला मल्ल, मधुकुमार श्रेष्ठ, शिव श्रेष्ठ, तिर्थ थापा, नन्दकृष्ण जोशी, नीता ढुङ्गाना, रुपा राना, रमेश बुढाथोकी, दिनेश डिसी, महादेव त्रिपाठी लगायत कलाकार भने नेपालबाट अमेरिका आएका थिए ।