Logo

शनिबार राजधानी टुँडीखेलमा साकेला चाडको रौनक्ता, हजारौं किराँतीहरु एकैसाथ नाँचे


कलाखबर संवाददाता,२२,पौष,काठमाण्डौं । शनिबार राजधानी काठमाण्डौंमा पूर्वीय नेपालका किराँतीहरुले साकेला चाड मनाएका छन् । प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईको प्रमुख आतिथ्यमा किराँत यायोख्खाले कार्यक्रमको अयोजना गरिएको थियो । औपचरिक कार्यक्रम पछि नाक्छो विधि र मुन्धुम गर्दै साकेला थान तिर अगाडी बढेका थिए । उनको पछि पछि प्रमुख अतिथि,अन्य अतिथि तथा हजारौं किराँतीहरु नाँच्दै अगाडी बढेका थिए । राजधानी टुँडीखेलको मैदानमा पुरै धुलो उडेका थिए ।

परापूर्व कालमा अहिलेको जस्तो कुनै तिथी मितिको विकास भएको थिएन। त्यस बेला जनावर, चराचुरुङी, माछा आदीको व्यवहारको आधार बाट खेती लगाउने ठीक समय पत्ता लगाउने गरिन्थ्यो । तराईमा गर्मी बढ्ने र हिमाल,लेकमा जाडो घट्ने साथै हिउँ पग्लिएर हरियो घाँस(पात उम्रिने भएको हुनाले जनावर, चराचुरुङी तथा माछाहरु तराई बाट हिमाल र लेक अर्थात उँभो यात्रा गर्ने क्रमलाई हेरेर खेती गर्न सुरु गर्ने समय थाहा पाउने गरिन्थ्यो ।

त्यसमा आकाश ढाकेर उडेको कार्याङ कुरुङ चराहरुको जत्थालाई मुख्य संकेतको रुपमा लिने गरिन्थ्यो ।  अहिले पनि गाउँघरमा कर्याङ कुरुङ लेक तिर गएको देख्दा काँक्रा फर्सी रोपे धेरै फल्छ भन्ने मान्यता राखिन्छ । कर्याङ कुरुङ  को जत्था दक्षिण भारत र अफ्रिकाको गर्मी छल्दै बच्चा कोरल्न तिब्बत वा साइबेरियाको घाँसे मैदान सम्म पुग्ने गर्दछन । यसरी जनावर, चरा(चुरुङी, माछा आदी उँभो जाने क्रमलाई उभौली भनिएको हो ।

यसलाई दोङवाङा साकेला नयाँ खेतीपाती लगाउन सुरु गर्ने समयको रुपमा मनाउने गरिन्छ ।
त्यसरी नै ॠतु परिवर्तन पछी हिमालमा हिउँ पर्ने साथै तराईमा न्यानो हुने भएकोले जनावर, चराचुरुङी र माछाहरु फेरि हिमाल र लेक बाट तराईओर्लने अर्थात उँधो तिर झर्ने क्रमलाई उँधौली भनिएको हो । यसलाई दोङदावा साकेला खेती पाती र कामको समय सकिएको अवसरमा हर्ष र उल्लासका साथ चाडको रुपमा मनाउने गरिन्छ ।

                                            चण्डी भन्ने की सकेला ?

किराती समुदायमा यसरी बर्षको दुई चोटी उभौलीरदोङवाङा खेती गर्ने बेलामा उधौलीरदोङदावा र खेती पाती उठाई सकेपछि उल्लासमय उत्सवको रुपमा साकेला मनाउने गरिन्छ । पात्रोको बिकास भईसके पछि बिक्रम संवत पात्रो अनुसार साकेला उभौली दोङवाङा साकेला चाहीँ बैसाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको दिन देखि मनाउन थालियो भने साकेला उधौली दोङदावा साकेला चाहीँ मंसिर पूर्णिमा देखि मनाउन थालिएको हो ।

यस मध्येमा बैसाख पूर्णिमालाई नेपाली खस भाषामा चण्डी पूर्णिमा भनिएको हो भने साकेला सिलिलाई चण्डी नाच भन्न थालिएको हो । चण्डी भन्ने बित्तिकै हिन्दुहरुकी आराध्य देवी दुर्गालाई जनाउने गर्दछ भने धार्मिक ग्रन्थ चन्डी भएकोले साकेला सँग चण्डीको कुनै सम्बन्ध जोडिएको पाईंदैन । यसबाट स्पष्ट भन्न सकिन्छ की, सकेला र चन्डी फरक(फरक हुन । त्यसैले साकेला सिलीलाई चन्डी नाच भन्नु ठीक होइन ।
                                            उधौलीरउभौली पर्व की चाड र?

अधिकांस नेपाली पात्रोहरुमा उधौली पर्व वा उधौली पर्व भनेर लेख्ने गरिएको देखिन्छ, जुन गलत छ । नेपाली र हिन्दी संस्कृत भाषामा पर्व भन्नाले उत्सव भन्ने  जनाउछ तर कुनै न कुनै नरसंहारको स्मृतिमा मनाइने उत्सवको रुपमा प्रयोग गर्ने गरिन्छ । उदाहरणको लागि दसैं दुर्गा भवानी द्वारा शुम्भ निशुम्भको संहार गरिएको तिथी, होली प्रल्हाद द्वारा होलीकाको बध गरिएको तिथी, कोत पर्व जंग बहादुर राणाले कोतको पाटनगिनीमा मच्याएको हत्याकाण्ड भण्डारखाल पर्व जंगबहादुर राणालाई मार्न तयार गरिएको षड्यन्त्रमा उल्टै उनी द्वारा आफ्नो २३ जना सत्रुहरु काटेको दिन आदी ।

त्यसै गरी महाभारतमा पनि १८ प्रमुख हत्या काण्डहरु छन जसलाई १८ पर्वहरु उल्लेख गरिएको छ । यस् हिसाबले साकेला कुनै हत्या काण्डबाट नभएर ऋतु परिवर्तनको तिथीमा मनाइने उत्सव भएको हुनाले साकेलालाई पर्व भन्नु बिल्कुलै गलत हुने प्रष्ट छ । यसलाई मुख्य चाडको रुपमा स्थापित गर्नु जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्