Logo

नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो दल्ने पक्राउ


कलाखबर संवाददाता,२२,पौष–काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो दल्ने मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्रान्तिकारी युवा लिगका कार्यकर्ता चन्द्रागिरी–४ बस्ने ३७ वर्षीय सुरेश तामाङ रहेका छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले तामाङलाई थानकोटबाट आइतबार पक्राउ गरेको हो । वाइडबडी विमान प्रकरणमा घोटाला गर्न कंसाकारको मुख्य भुमिका रहेको भन्दै तामाङले कार्यकक्षमा गएर शुक्रबार कालोमोसो दलिएको थियो । ‘वाइडबडी विमान खरिद प्रक्रियामा घोटाला र भ्रष्टाचारको कुरा लाई लिएर तामाङले शुक्रबार ४ बजे कार्यकक्षमै कंसाकारलाई कालोमोसो दलेका थिए ।

यसरी दलियो कंसाकारमाथि कालोमोसो

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी० निकट युवा संगठन र ३ नम्बर प्रदेशका गरी करिब ९ जना निगमको गेटमा सँगै पुगेका थिए ।  तर निगमममा कार्यरत सेक्युरिटी गार्डले दुई जनालाई मात्र भित्र प्रवेश गराए । उनीहरुले भएको कालोमासो पनि सँगै लगे । एकछिन कंसाकारलाई भेटेर कुराकानी गरे । कुराकानीकै क्रममा लगत्तै उनीहरुले कुर्सीमा बसेका कंसाकारमाथि गेटबाट छिराएको कालोमोसो दलेर सेक्युरिटी गार्डलाई छलेर बाहिर निस्किए ।

 

प्रतिक्रिया दिनुहोस्