नेपाली प्रतिभा प्रतिष्ठान वेलायतद्वारा विशिष्ट साहित्य साधक एवम् संगीत अनुराँगीलाई सम्मान तथा अभिनन्दन
कलाखबर संवाददाता,१४,पौष–काठमाण्डौं । नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले शनिबार एक कार्यक्रम गरि लामो समयदेखि गीत संगीत तथा साहित्य जगतमा योगदान दिएका दुई विशिष्ट साधकलाई सम्मान् तथा अभिनन्दन गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि एवम् मुन्धुम बिट बैराँगी काइँलाको प्रमुख आतिथ्यमा दुई प्रतिभालाई शनिबार प्रज्ञाभवनमा आयोजित कार्यक्रमका बीच सम्मान तथा अभिनन्दन गरिएको हो ।
अभिनन्दन हुनेमा गायीका दावा ग्योल्मो दार्जिलिङ र लेखक,समालोचक तथा अनुवादक बलराम अधिकारी थिए । गायीका दावा ग्योल्मोलाई सन् २०१८ को प्रतिभा सम्मान् तथा लेखक,समालोचक एवम् अनुवादक बलराम अधिकारलाई प्रतिभा पुरस्कारबाट सम्मान् गरिएका थिए । दुवै प्रतिभालाई अभिनन्दनसँगै एक–एक लाख नगद र ताम्रा पत्र समेत दिएका थिए ।
आफ्नो काम र मेहिनतको मूल्याङ्कन गर्दै सम्मान तथा अभिनन्दन गरेकोमा साहित्यकार बलराम अधिकारीले खुशी व्यक्त गर्नु भयो । साथै उहाले समालोचना निबन्ध तथा अन्य कृतिहरुको परिभाषित परिचय समेत दिएका थिए । गीत संगीतको इतिहासलाई नियाल्दै आफूले गीत संगीत क्षेत्रमा दिएको योगदानको कदर गर्दै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले दिएको सम्मान तथा अभिनन्दन प्रति धेरै खुशी लागेको गायीका दावा ग्याल्मोले बताइन् ।
अझै पनि यस्ता महत्वपूर्व कार्यलाई निरञ्तर अगाडी लैजान आग्रह समेत उहाले गरिन् । कार्यक्रममा करिब २५० जना संगीत तथा साहित्य अनुराँगीहरुको उपस्थिति रहेका थिए ।