फिल्म ‘जानी नजानीको‘एउटीलाई मुटुमा घर’ बोलको गीत सार्वजनिक

कलाखबर संवाददाता,१३,पौष–काठमाडौं । फिल्म ‘जानी नजानीको’ पहिलो गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले फिल्मको ‘एउटीलाई मुटुमा घर’ बोलको गीत सार्वजनिक गरेको हो ।

अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलको संगीत र स्वर रहेको गीतमा अर्जुनलाई स्वरमा साथ दुर्गा खरेलले दिएकी छन् । मनिष श्रेष्ठ र सुमी मोक्तानमाथि खिचिएको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा कोरियोग्राफीले गीतको बिट भने पक्रन नसकेको अनुमान लगाउन सकिन्छ ।

फिल्ममा मनिष र सुमीको अलवा निरिशा बस्नेत, सन्नी सिंह , नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको छ । प्रेम कथामा बनेको फिल्म १ चैत्रबाट प्रदर्शनमा आउनेछ । फिल्मको फिल्मको कथा,पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् भने यसै फिल्ममार्फत वसन्त अधिकारी निर्देशनमा डेब्यु गर्दैछन् ।

फिल्ममा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ । रोशनी इन्टरटेन्मेनटको व्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको लगानी रहेको छ ।