Logo

डिपास इन्टरनेशनलद्वारा अयोजित कार्यक्रममा मंगलबार प्रतियोगीहरुले आफ्नो टयालेन्ट शो देखाए, अन्तिम फाईनल शो पौष १५ गते हुदै


कलाखबर संवाददाता,११,पौष–काठमाण्डौं । डिपास इन्टरनेशलले मिस र मिस्टर शेर्पा २०१८ सौन्दर्य प्रतियोगिता कार्यक्रमको अन्तिम चरणको तयारीमा पुगेको छ । समुदाय भित्रको प्रतिभाहरुलाई प्रतिस्प्रधा गरि बाहिर ल्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागीएको डिपास इन्टरनेशनलका कार्यकारी प्रमुख छेलामु शेर्पाले बताईन् । गत वर्षदेखि डिपास इन्टरनेशलले यो कार्यक्रम गर्दै आएकोमा मिस्टर शेर्पा प्रतियोता भने नेपालकै पहिलो प्रतियोता हो ।

गत बर्ष १२ जना सहभागी रहेका थिए भने यो वर्षको प्रतियोगीतामा १८ जना प्रतियोगीहरु सहभागी रहने भएका छन् । सहभागी प्रतियोगीहरुको प्रतिभालाई अझै प्रभावकारी र रोचक बनाउनका लागी कलावती सुब्बाले तालिम दिदै आएका छन् । कोरियोग्राफर समेत रहेका सुब्बाले दुई हप्ता अघिदेखि नै प्रतियोगीहरुलाई प्रशिक्षण दिदै आएको छ ।

सहभागीहरुको खुबी र प्रतिभालाई निश्पक्ष दङगबाट प्रस्फुटन गर्ने गराउने उद्देश्यका साथ आज बौद्ध गार्डेन,तीनचुली, काठमाडौँमा मिस तथा मिस्टर शेर्पा २०१८ ट्यालेन्ट शो गरिएको हो । कार्यक्रममा गायीका बिनिता राई, मिडिया पर्सन राज लुईटेल, मिस शेर्पा २०१७ सोनाम डोल्मा शोर्पा तथा अभिनेत्री प्रियिङका भण्डारी आदीले जर्ज गरेका थिए । अन्तिम फाइनल प्रतियोगीता भने पुस १५ गते काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्