Logo

गोकर्णमा आदीबासी किरात समाजद्वारा उधौली पर्व कार्यक्रमको आयोजना, यस्तो देखियो रौनक्ता भिडियो सहित


कलाखबर संवाददाता,८,पौष गोकर्ण,–काठमाण्डौं । शनिबार गोकर्णमा आदीबासी किरात समाजले उधौली पर्व कार्यक्रमको बिशेष आयोजना गरेको छ । आदिमकाल र परापूर्वकालदेखि नै आफ्नो मौलिक पहिचान र सभ्यतासँग रमाउदै आएका किरातीहरु एक प्रकृति प्रेमी हुन् । उधौली र उभौली पर्वलाई यी जातीहरुले बिशेष चाडको रुपमा मनाउने चलन छ । यो अवसरमा केन्द्रिय प्रतिनिधि सभा सदस्य तथा सांसद कृष्ण याख्खा राईको प्रमुख आतिथ्यमा किरात समाजले पहिलो मुखपत्र पत्रिका समेत लोकार्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै सांसद राईले नेपाल १२३ जातजातीहरुको मुलुक भएको र यी नै जातीहरुले आफ्नो भाषाबाट सम्बोधन गर्न सक्ने बताउनु भयो । परापूर्वकालदेखि किरातीहरु आफ्नो मौलिक पहिचानसँग खेल्दै आएको इतिहास कोट्याउदै यसको संरक्षण र बिकासको लागी राजधानी गोकर्णेश्वर वन समितिले स्थायी रुपमा भूमेथानको निम्ति केहि स्थान छुट्याई दिएको बताउनु भयो ।

यसको बिकासका लागी आफूहरु एक भएर आधिकारिक र प्रशासनिक रुपमा लाग्नु पर्छ र आफू केन्द्रिय सरकारको प्रतिनिधि सभा सदस्य भएको नाताले आफूले सक्ने सहयोगको पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । आदिबासी तथा जनजातिहरुको बिशेष पर्व बिदा कटौतीको बिषयमा बने सरकारले चाहेर पनि सम्भब नभएको प्रतिक्रिया दिनु भयो । किनकी यहा धेरै जात धर्म र संस्कृति भएकोले सबैलाई समेतिएर लैजान अप्ठयारो भएको बतानु भयो ।

हिन्दु धर्मवलम्बीहरुले परापूर्वकालदेखि नै राज्य शासन गर्दै आएकोले पनि तिहारको बिषयमा कुनै बिबाद नभएको तर लामो समयको रुपमा दिदै आएको दशै बिदालाई भने सरकारले कटौती गरिएको उहाको भनाई थियो । अर्का बिशेष अतिथि तथा बन समितिमा अध्यक्ष सुदर्शन सिग्दलले वनको संरक्षण पनि गर्नुस्, भुमे पूजा पनि गर्नुस यसमा आफूले सक्ने पूर्ण सहयोग गर्नेछु भन्नु भयो । किरातहरुले हरेक बर्ष भुमे पूजा गर्दै आफ्नो धर्म जातीको समृद्ध र सिङगो बिकासका लागी कुनै काम गर्छ भने त्यो नै सबैको चाहाना रहेको उहाको भनाई थियो ।

अहिले सरकारले एक गाउ, एक वन भन्ने नीति ल्याई रहेको अवस्थामा प्रकृति पुजक किरातहरुले वनको संरक्षण र भूमीको प्रयोग गर्दै बर्षको दुई पटक भुमे पूजा गर्दा वन समितिको कुनै आपति नरहेको उहोको भनाई थियो । यसमा सम्बन्धित निकायहरुमा आफूहरुले सक्ने सहयोगको पहल गरिदिने प्रतिबद्धता समेत अध्यक्ष सिग्देलले जनाउनु भयो । केही बर्षदेखि गोकर्ण क्षेत्र भित्र किरात समुदायले वर्षको दुई पटक उधौली – उभौली पर्व मनाउदै आएको बिशिष्ट बिशेष तथा गोकर्णेश्वर नगरपालीका प्रमुख सन्तोष चालीसेले बताउनु भयो ।

जुन कुरा स्मरण गराउदै किरात संवत ५०७८ उधौली पर्व को अवसरमा शुभकामना समेत व्यक्त गर्नु भयो । परापूर्वकालदेखि नै किरातीहरुको छुट्टै पहिचान मुलक भूमेनाँच अर्थात साकेलालाई मुख्य पर्वको रुपमा मनाउदै आएको प्रशंग चालीसेले कोट्याउनु भयो । यसको थप संरक्षण र बिकासका लागी नगरपालीकामा किरात समाजले निवेदन दिएको र जुन बमोजिम अफूहरुले स्थायी रुपमा आवश्यक जग्गा बसैको सहमतिमा छुट्याई दिएको समेत उहाले बताउनु भयो ।

आगामी दिनहरुमा यो समाजलाई आवश्यक पर्ने र समाजको उथानको निम्ति कार्यक्रम गर्दा जस्तोसुकै अवस्थामा पनि नगरपालीका सहयोग गर्न तयार रहेको बताउनु भयो । किरात महासंघका अध्यक्ष पृथ्वीराज मुकारुङले आदिमकाल र प्राचीनकालदेखि नै आफूहरु यस धर्ती र भूमिमा नाँच्दै आएको बताउनु भयो । करिब चार अर्ब वर्षदेखि नै किरातीहरुको पूर्खा सुम्निमा र पारुहाङ ब्रमाण्ड सृष्टि र प्रकृतिसँग खेल्दै आएको इतिहास स्मरण गराउनु भयो । सुम्निमा, पारुहाङ र निनाम्मालाई सम्झदै यस धर्तीमा किरात राजाहरु समेत नाँचेको उहाँको भनाई थियो ।

जुन परम्परागत रुपमा चलाउदै आएको भुमी नाँच, साकेला नाँच र चण्डी नाँचलाई पछि बिकृतिको रुप दिदै क्षेत्री र बाहुनले आफ्नो भाषामा परिणत गरेको आरोप लगाउनु भयो । किरात समाजका वरिष्ठ सल्लाहकार तथा राष्ट्रिय सहिद पार्क उप–समिति संयोजक डा नेत्रमणी दुमी राई लगायत करिब ५० जनालाई वन समितिका अध्यक्ष सुदर्शन सिग्देलले वन समितिको सदस्यता परिचय पत्र समेत वितरण गर्नु भएको थियो । डा. नेत्रमणी दुमी राईको सिफारिसमा अब अरु किरात समुदाय भित्रका व्यक्तिहरुले पनि सदस्यता परिचय पत्र पाउन सकिने किरात समाजका सचिव नैन सेताल्चु जेरुङले जानकारी दिनु भयो ।

 

 

प्रतिक्रिया दिनुहोस्