Logo

गायीका बिनिता राईद्वारा वाल गायक मनिष लिम्बुलाई आर्थिक सहयोग रकम वितरण ( भिडियो सहित)


कलाबखर संवाददाता,६,पुष–काठमाण्डौं । गायीका बिनिता राईले वाल गायक मनिष लिम्बुको नाम्मा उठेको रकम वितरण गर्नु भएको छ । बिहिबार अनुभव थकाली भान्सा घर कुसुन्तीमा पत्रकार सम्मेलन गरी सो रकम वितरण गर्नु भएको हो । लोक प्रीय वाल गायक मनिषको नाम्मा हाल कोरिया स्थित रहेका रजिन बाबु ( श्याम ) राईले पहल गरि जम्मा ४९,५०० रकम उठाएका थिए ।

बिदेशमा रहेका सहयोगी मनहरु जम्मा २५ जनाबाट सो रकम जम्मा भएको रजिन बाबु श्याम राईले जानकारी दिनु भयो । मनिषको धेरै राम्रो प्रतिभा भएको तर आर्थिक स्थिति अलि कम्जोर भएको जानकारी पाएकोले यस बिषयमा आफुले पनि चासो दिएर पहल गरेको कलाखबरलाई बताए । सो रकम पत्रकारहरु माझ सार्वजनिक गर्दै, गायीका विनिता राई र अमुल परिवर्तन पार्टीका अध्यक्ष भरत गिरीको हातबाट वितरण गरिएको छ ।

अमुल परिवर्तन पार्टीका अध्यक्ष गिरीले कार्यक्रममा बोल्दै, मनिष भाईको कला र गलालाई सम्मान गर्दै सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिनु भयो । यो कलिलो उमेरमा बाल प्रतिभाको प्रगती देख्दा साह्रै खुशी लागेको पनि बताउनु भयो । गायीका बिनिता राईले कार्यक्रममा मन्तब्य दिदै भन्नु भयो, आज वाल गायक मनिष भाईलाई आफ्नो हातले रकम वितरण गर्न पाउदा साह्रै खुशी लागेको छ ।

यसका लागी बिशेष गरि हाल कोरियामा रहेका रजिन बाबुलाई धन्यबाद दिन चाहान्छु । उहाकै पहलमा जम्मा २५ जना सहयोगी मनहरुबाट यो रकम उठेको हो । उहाकै शब्द र सुहाङ लिम्बुको संगीतमा मनिष भाईसँग गीत गाउने अवसर पनि पाएको छु । साह्रै आज खुशी लगेको छ भन्नु भयो । मनिष लिम्बुको नेतृत्वकर्ता सुहाङ लिम्बुलाई पत्रकारले सोधेको प्रश्नमा जुन उठेको रकम अब बन्न लागेको मनिषको घर निर्माणमा लगानी गर्ने बताउनु भयो ।

 

साथै उहाले सबै सहयोगी मनहरुलाई धन्यबाद पनि दिनु भयो । आगामी दिनहरुमा पनि यसरी नै वाल गायक मनिषलाई माया गर्न पनि आग्रह गर्नु भयो । सकेसम्म अब सहयोगी हातहरु यसरी नै लम्किदै गएमा चाडै नै मनिषको घर निमार्ण कार्यको पनि थालनी गर्ने योजना रहेको उहाको भनाई थियो । कार्यक्रममा वाल गायक मनिष र गायीका बिनिता राईले गीत समेत गाएर मनोरञ्जन दिएका दिए ।

सामाजिक अभियन्ता तथा हाँस्यकलाकार सुमन मगरले मनिष लिम्बुको उज्वल भविष्यको कामना गर्दै आफ्नो हलमा नयाँ कार्यक्रम गर्न पाउदा खुशी लागेको बताउनु भयो । अनुभव थकाली भान्सा घरका प्रोपाइटर समेत रहेका मगरले निःशुल्क हल, खाजा,नास्ता र सबैलाई खानाको समेत ब्यावस्था गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्