ओखलढुङ्गा भिजन आईडल प्रवृती राईको हजारौलाई रुवाउने मार्मिक गीत सार्बजनिक(भिडियो सहित  )

 

 

कलाखबर संवाददाता,६,पौष –काठमाण्डौ । हजारौं आम दर्शकको मन छुन सफल पवृती राईको गीत बजारमा सार्बजनिक भएको छ । २०७५ सालको ओखलढुङ्गा भिजन आईडल बिजेता समेत रहेकी राईले हजारौलाई रुवाउने मार्मिक पहिलो गीत बजारमा ल्याएको हो । पूर्वीय नेपालको खोटाङ जिल्लामा जन्मेकी राईले “ तिमीले छाडी जादा मेरो के हालत हुन्छ” ? बोलको गीत बजारमा ल्याएको हो ।

सानै उमेरदेखि नै गीत संगीतमा रमाउने सुनौलो सपना बोकेकी राईले साईनो कला केन्द्रबाट आफ्नो सांगीतिक यत्रा गर्ने सुनौलो अवसर पाएको कलाखबरलाई बताइन् । प्रमोद श्रेष्ठको शब्द रहेको यो गीतलाई भक्त बिश्वकर्माले सुमधुर संगीत भरेका हुन् । यो गीतमा व्यवहारिक जीवनमा आई पर्ने युगल जोडी बीचको आपसी प्रगाढ माया, पे्रम देखाउन खोजिएको छ ।

जन्म फरक फरक किसिमबाट भए पनि बाचुन्जेलसँगै जिन्दगी बिताउन प्रेमीले प्रेमीकालाई अनुरोध गरिएको छ । उकाली ओरीलीहरुमा हातेमालो गर्दै,मृत्यूवरण अब सँगै गरौंला भन्ने मख्य सन्देश गीतकारले उजागर गर्न खोजिएको छ । आफ्नो कलाकारिता क्षेत्रमा आउनलाई सबै परिवारको पनि राम्रो सहयोग रहेको गायीका राईले बताइन् ।

अझै त्यसमा पनि साईनो कला केन्द्र र प्रमोद दाईको ठूलो सहयोग रहेको छ । मेरो भबिष्यको ढोका नै साईनो कला केन्द्रले खोलिदिएको छ, म यो गुण जिन्दगीमा कहिल्यै पनि बिर्सन सक्दिन गायीका राईले भन्नु भयो । सामान्य परिवारमा जन्मेकी राईले गायीका बन्ने लक्ष्य आफ्नो भन्दा पनि आफ्नी आमाको ठूलो सपना रहेको सुनाइन् ।

जुन आफ्नो प्राण भन्दा प्यारी आमाको सपनालाई पूरा गर्न अगाडी लम्किदै गर्दा,आमाको अल्पायुमै भएको मृत्यूवरणले आफूलाई ठूलो चोट पुर्याएको उनले बताइन् । आमाको शोकले भावविभोर हुंदै आफ्नो गन्तब्य र सपनालाई पनि भुलेर तितरबितर भईरहेको बेला साईनो कला केन्द्रसँग उनको भेट भयो । सो भेटले उनको घाउँमा मलम लगाउने कामसँगै उनलाई कक्षाको लागि भर्ना गरिदियौँ ।

त्यो यात्रले उनी संगीत सारथी बन्न पुगिन् । हाल उनी नियमित कक्षा लिईरहेकी छिन । प्रगति पनि दिनानुदिन भईरहेको छ । साथै उनले ओखलढुङ्गामा भएको २०७५ को प्रथम उपाधी हात पार्न समेत सफल भईन् । आज तिनै प्रवृती राईको गीत बजारमा आउदा हामी हर्षित भएका छौं, साईनो कला केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले भन्नु भयो । उनकी प्रतिभा र उत्सक्ता देखेर नै हामीले यो अवसर दिएका हौं,जुन आज पुरा भइरहेको देख्दा अत्यन्तै खुशी महशुष भएको छ श्रेष्ठले भन्नु भयो ।