Logo

कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह लोर्कापण


कलाखबर संवाददाता,२६,मंसिर–काठमाण्डौं । कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह ‘कोलम्बस यात्रा’ बुधबार लोकार्पण गरिएको छ । राजधानीको हार्दिक होटलमा आयोजित एक कार्यक्रमका बीच सो संग्रह साहित्यकार तथा कवि बैराँगी काइँलाले लोकार्पण गर्नु भएको थियो । नेपाली वाङमय परिषद र नेपाली प्रतिभा प्रतिष्ठान वेलायतले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिस्थित व्यक्तित्व एवम् साहित्य अनुराँगीहरुको बाग्लो उपस्थिति रहेको थियो ।

दश बर्षको अन्तराल पछि फेरि नयाँ कृति ल्याउन सफल भएकोमा कार्यक्रमका विशेष अतिथि तथा कवि जसराज किराँतीले भारी शुभकामना दिएका दिए । कविता लेख्नु भनेको अनन्त कुराहरुको खोजी गर्नु हो भन्दै उक्तोरोत्तर प्रगतीको कामना समेत उहाँले गर्नु भयो । शुभकामना मन्तब्य दिदै,दश बर्षको अन्तरालमा दोस्रो कृति ल्याउन सफल भएकोमा प्रमुख अतिथि तथा साहित्यकार बैराँगी काँइलाले कवि देवेन्द्र खेरेसलाई धन्यबाद तथा बधाई ज्ञापन गरेका थिए ।

खेरेसको कृतिमा कवितामा हुनु पर्ने सबै गुण भेटिएको र सबै भाषिक चोटिलो प्रहार पाइएको काँइलाले बताउनु भयो । कृतिलाई कवि सरवण मुकारुङ र जसराज किराँतीले समीक्षा गरेका थिए । कोलम्बस यात्रा कृतिमा कवि देवेन्द्र खेरेसले कवितामा हुनु पर्ने सबै गुण समेतिएको र आफ्नो यात्राको अनुभवहरु समेत यस कृतिमा मिसाएको कवि सरवण मुकारुङले बताउनु भयो ।

कार्यक्रममा बोल्दै वेलायतमा लेखिएको साहित्य र नेपालमा लेखिएको साहित्यबीच तुलाना गर्नु पर्ने समेत उहाँले बताउनु भयो । कविता लेख्नु भनेको पुरानो कुरालाई हटाएर नयाँ कुराको सृजना गर्नु हो उहाँले भन्नु भयो । कवि देवेन्द्र खेरेसले आफ्नो साहित्यक सृजनालाई अझै तिखार्नका लागी निरन्तर लागी पर्ने बताउनु भयो । आफ्नो जुन यात्रालाई सफल बनाउनका लागी महत्वपूर्ण सहयोग गरेकोमा बिशेष गरि शुक्क्र राई र चन्द्र चाम्लिङ राईलाई धन्यबाद दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्