Logo

चलचित्र प्रेमनाथको छाँयाङ्कन सकियो, प्रारम्भिक सम्पादनको तयारी हुँदै


कलाखबर संवाददाता,२० मंसिर – काठमाडौं । गणेश बेलबासेको निर्देशन रहेको चलचित्र ‘प्रेमनाथ’को छायाँकन सकिएको छ । केही दिन अगाडि पशुपतीमा बाबाजीहरुको दृश्य खिच्दै निर्माण युनिटले चलचित्रको छायाँकन सकाएको हो । चलचित्र प्रारम्भिक सम्पादनमा जुटिसकेको छ’ निर्देशक बेल्बासेले भने ‘२,४ दिनमा सकिन्छ । त्यसपछि डबिङको काम थालिनेछ ।

प्रेम कथाको बिषयमा बनेको ‘प्रेमनाथ’को सम्पादन अनन्त घिमिरेले गरेका हुन् । दाङ, रोल्पा, लुम्बिनी, बुटवल, भैरहवा, नेपालगन्ज, काठमाडौं र भारतको लखनउमा छायाँकन गरिएको चलचित्रमा राज थापा, कृति गौतम र मोनालिशा विष्ट लगायतको मुख्य भुमिका रहेको छ । कृति र मोनालिशाले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

सुरबीर पण्डित, गजित बिष्ट, नबिन श्रेष्ठ, कमल गाउँले, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राई लगायतको अभिनय रहेको चलचित्रमा निर्देशक बेलबासे आफैले खलनायकको भूमिका निर्बाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्