अभिनेत्री सिर्जना सुब्बाले कसिन लगन गाँठो, बिवाह मण्डप मोरङको उर्लावारीमा

कलाखबर संवाददाता,२०,मंसिर– । काठमाडौं रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बाले लगन गाँठो कसेकी छन् । उनले बुधबार पदम लिम्बुसँग लगनगाँठो कसेकी हुन् । पदम पनि फिल्म क्षेत्रसँग आवद्ध छन् । पदम निर्देशक नविन सुब्बाका भाई हुन् ।

उनले बिधाका क्षेत्रमा निर्देशन गर्दै आएका छन् ।
बैबाहिक समारोह मोरङको उर्लावारीमा आयोजना गरिएको थियो । लिम्बू संस्कार अनुसार उनले पदमसँग लगनगाँठो कसेकी हुन् ।
केही वर्षयता अफेयर्समा रहेका सिर्जना र पदमबीच विवाहका केही तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट बाहिरिए पछि बिबाहको सार्वजनिक भएको हो ।
करिब दशक बढी समयदेखि रंगमञ्चको क्षेत्रमा क्रियाशील अभिनेत्री सिर्जनाले केही नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् ।
पछिल्लो समय अनामनगरस्थित मण्डला थियटरमा आवद्ध रहेर नेपाली रंगमञ्चमा सक्रिय रहँदै आएकी सिर्जनाले नेपाली लगायत दर्जनौँ लिम्बू भाषाको गीत तथा फिल्महरुमा अभिनय गरेकी छन् ।