Logo

साईनो कला केन्द्रद्वारा ब्यानर गीत रेकर्ड, तीन करोड आम नेपालीहरुको मन छुने पक्का


कलाखबर संवाददाता ,मंसीर,१६–काठमाण्डौं । पूर्वीय नेपाल खोटाङ जील्लामा अवस्थित साईनो कलाकेन्द्रले आफ्नो व्यानर गीत रेकर्ड गरेको छ । मेरो र उनको,उनको र हाम्रो सबैको चौतारी, एउटै हो लक्ष साईनो जोड्ने बनाउने फूलबारी आपसी माया पे्रम अनि राष्ट्र भावनाले ओतप्रोत गीत बिहिबारबाट राजधानीको भर्जिन स्टुडियोमा रेकर्ड भई रहेको छ ।

भक्त विश्वकर्माको संगीत तथा साईनो कलाकेन्द्रका अध्यक्ष   प्रमोद श्रेष्ठको शब्द रहेको अत्ति मार्मिक गीतलाई कुमार सिन्जाली मगरले ऐरेञ्ज गरेका हुन् । साहित्य स्रष्टा एवम् गीतकार प्रमोद श्रेष्ठको नेतृत्वमा खोटाङ जील्लाबाट यो गीत रेकर्ड गर्न कलाकार टोलीहरु राजधानी आएका हुन् । सानै उमेरदेखि सांगीतिक आकाँशमा रमाउने सपना बोकेका कलाकारहरु कुसुम आर्चाय ,प्रवृति राई, अमिता राई, सुस्मिता राई, केदार अनुराँगी, पर्शुराम गजमेर, तेज राई, युवराज राई, आदीले संयुक्त स्वर लहरी बढेका छन् ।

गीतको मर्म र भावना हेर्दा सिधै तीन करोड नेपालीको मन छुने सम्भावना देखिन्छ । यति धेरै राम्रा प्रतिभाशाी भाई बहिनीहरुको नेतृत्व गर्दै साईनो कला केन्द्रको सफल व्यानर गीत रेकर्ड गर्न पाउदा अत्यन्तै खुशी लागीको गीतकार प्रमोद श्रेष्ठले कलाखबरलाई बताउनु भयो । यो गीतबाट हामीले राम्रो आशा लिएकाछौं, अब निकट भविष्यमा संगै हातेमालो गर्दै हामी अगाडी बढ्नेछौं,श्रेष्ठले  भन्नु भयो ।

साईनो कला केन्द्रका कोषाध्यक्ष तथा गायीका कुसुम आचार्यले पहिलो चोटी सामुहिक रुपमा गीत रेकर्ड गर्न पाउदा अत्यन्तै खुशी महशुष भएको बताउनु भयो । सानैदेखि गीत गाउने जुन आफ्नो चाहालाई साईनो कला केन्द्रले पुरा गरिदिएको उहाँको भनाई थियो । प्रमोद श्रेष्ठको नेतुत्वमा राजधानी छिरेर आफ्नै गुरु भक्त विश्वकर्माको संगीतमा गीत गाउन पाउदा अत्यन्तै खुशी लागेको गायीका अमिता राईले बताउनु भयो ।

साईनो कला केन्द्रका अध्यक्ष प्रमोद दार्ईको पहल र हौसलाले नै आज यो क्षेत्रमा प्रवेश गर्न पाएको छु राईले भन्नु भयो । सुमधुर आवाजकी धनी नवदित गायीका प्रवृति राईले भन्नु भयो, यो गीतको कम्पोज साह्रै रामो लागेकोले यसबाट राम्रै सफल्ता पाउने आशामा छु । साईनो कला केन्द्रको माध्यमबाट पहिलो चोटी राजधानी छिर्ने मौका पाएको र गायीका बन्ने जुन आफ्नो सपना पनि पुरा भएको राईले बताईन् ।

खोटाङ जिल्ला जस्तो विकट ठाउँमा जन्मेर पनि राजधानी छिरेर गीत रेकर्ड गर्ने अवसर जुन साईनो कला केन्द्रले दिएकोमा साह्रै खुशी महशुष भएको पर्शराम गजमेरले बताउनु भयो । यसको सम्पूर्ण श्रेयकर्ता प्रमोद दाई हुनुहुन्छ, गजमेरले भन्नु भयो । जुन पहिलेदेखिको कलाकार बन्ने आफ्नो सपनालाई आज साकार भएको छ, उहाँले भन्नु भयो । आफू खोटाङ जिल्लामा जन्मेकी र आफ्नै गाउँको साईनो कला केन्द्रको जुन ब्यानर गीत गाउन पाउदा साह्रै खुशी लागेको चर्चित गायीका सुस्मिता राईले बताईन् ।

गीत संगीत सबैको मनको भारी बिसाउने एउटा चौतारी भएकोले यस क्षेत्रमा आउन मन लागेको नव गायक युव राजले बताउनु भयो । सबैको मन छुने गीत अहिले फाईलन भने भईसकेको छैन । श्रेयकर्ता लाईभ बाजा हाल्ने काम भईरहेको छ । यसको कभर भिडियोको लगी लिफ्सिङ भने सोमबार छायाँङ्कन गर्न लागेको प्रवन्ध निदेर्शक प्रमोद श्रेष्ठले  जानकारी गराउनु भयो । यो समग्रह गीतलाई कन्काईष्ट राईले प्रायोजन गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्