Logo

स्नेहा आश्रम भवन निर्माण गुरु योजना सार्बजनिक गर्दै इकुले मनाए आफ्नो जन्मत्सव


कलाखबर संवाददाता,११,मंसीर काठमाण्डौं । राजधानीको मुलपानी स्थित मंगलबार शुलेमान शंकर इकुले आफ्नो शुभ जन्मत्व मनाएकोृ छ । कलाकर्मी, रङ्गकर्मी र सञ्चारकर्मी माझमा १४ जना अनाथ वालवालिकाहरु सहित शुलेमानले आफ्नो जन्मत्सव मनाएको हो । आफ्नो जन्मत्सवको अवसरमा आश्रममा अवस्थित वालवालिकाहरुले केक कटाएका थिए ।

सो अवसरमा १४ जना वालवालिका तथा अन्य शुभ चिन्तकहरुबाट ह्यापी ब्रथडे सहितको ताली र आवाजले माहोवल निकै रमाईलो बनाएका थिए । हरेक बर्ष यसरी नै यी टुहुरा वालवालिकाहरुको बीचमा आफ्नो जन्मत्सव मनाउदै आएको इकुले बताउनु भयो ।

सो जन्मत्व आफ्नो मात्र नभएर सबै स्नेहा आश्रम परिवारको नै भएको समेत उहाँले दावी गर्नु भयो । विशेष औपचरिक रुपमा नै कार्यक्रमको आयोजना गरिएको थियो । शुभ चिन्तकहरुले खदा माला तथा अन्य थुप्रै उपहारहरु दिएका थिए ।

कार्यक्रमको प्रमुख खतिथिको रुपमा रहेको इकुले मन्तब्य ब्यक्त गर्दै उपस्थित सबैलाई धन्यबाद दिएका थिए । सो कार्यक्रमको अवसरमा स्नेहा आश्रम भवन निर्माण गुरु योजना समेत सार्बजनिक गरिएको थियो ।

अब अगामी २ बर्ष भित्रमा स्नेहा आश्रमको भवन निर्माण गरि सक्ने योजना बनाएको संस्थाका अध्यक्ष इकुले बताउनु भयो । जसका लागी केही फन्टहरु तयारी गर्दैछु, तर बजेट यति लाग्छ भनेर स्थामित भने गरेको छैन भन्नु भयो ।

हाल यस आश्रममा अवस्थित वाल बच्चाहरुलाई आफ्नै एक्लै पहलबाट नै सबै व्यावस्था गर्दै आएको छु भन्नु भयो । अनि कसरी आर्थिक स्रोत चाहीं जुटाउनु हुन्छ त ? भन्दा देश विदेशको कार्यक्रमबाट कमाएको पैसा यसैमा खर्च गर्छु भन्नु भयो ।

तर समाजसेवी तथा कलाकार सुमन मगरले बने यस संस्थाको स्थापनाकालदेखि नै केहि आर्थिक र रासनपानी सहयोग गर्दै आएको बताउनु भयो । अब यो भवन निर्माणको लागी मोटो रकमको आवश्यकता पर्ने भएकोले कुनै सहयोगी मनहरु, दातृनिकाय, अन्य समुदाय संसस्था तथा नेपाल सरकारको तर्फबाट समेत केही पहल कदमी होस् भन्ने अपेक्षा गरिएको उहाँको भनाई थियो ।

संस्थका उपाध्यक्ष सम्झना थापाले स्वागत मन्तव्य दिदै उपस्थित सबैलाई धन्यबाद दिइएकी थिईन् । साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएका सहयोगीहरुलाई पनि धन्यबाद दिएका थिए । यसरी नै तपाई सबैको सहयोग पाएमा आगामी दुई बर्ष भित्र आफ्नो भवन निर्माण गरि सक्ने योजना लिएका छौ भन्नु भयो ।

कार्यक्रमका सामाजिक अभियन्ता तथा सफल हाँस्यकलाकार सुमन मगर, गायीका विनिता राई, सञ्चारकर्मी राजकुमार राई, जेरुङ फिल्मसका प्रवन्ध निर्देश नैना जेरुङ, गायक भिम राई, कलाकार रोमना जेरुङ, लगायतका अन्य अतिथिहरुको बग्लो उपस्थिति रहेका थिए । कार्यक्रमलाई रेडियो सञ्चारकर्मी अञ्जु तामाङले आकर्षकबाट सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्