साँगीतिक आकाशमा नरेश भुर्तेलको अब्बल पाईला
कलाखबर संवाददाता,११,मंसीर—काठमाण्डौं । संगीतकार नरेश भुर्तेलले गीत संगीतको क्षेत्रमा अब्बल पाईला जमाएका छन् । करिब ढेड दशक अगाडीदेखि यस क्षेत्रमा लागेका भुर्तेलले ढेड दर्जन भन्दा बढी गीतमा संगीत भरि सकेका छन् । भर्खरै मात्र एक नयाँ कर्ण प्रीय सांगीतिक खुराकका साथ नरेश भुर्तेलको गीत बजारमा आएका छन् ।
चेतन खत्रीको शब्द रहेको खुशी हुदै विदा दिनु, मेरो लाश उठ्ने बेला, रुनु हुन्न भन्छन् क्यारे अन्तिम सास जाने बेला यो निकै नै मार्मिक गीतमा स्वरकी धनी बहु चर्चित गायिका अन्जु पन्तले स्वर लहरी भरेका छन् । बाबुल गिरिको एरेन्ज तथा अहिलेका चर्चित निर्देशक बिजय राजको निर्देशनमा बनेको उक्त गितमा सपना खड्का र पृथ्वीराज को निकै नै दमदार अभिनय रहेको छ ।
मानव जीवनमा यथार्थ रुपमा आई सत्य कुरा अनि युगल जोडी बीचको आपसी माया पे्रम यस गीतमा समेटिएका छन् । यो भिडियोलाई दिपक अधिकारी ले छायांकन गरेका हुन् । उक्त गित मा इलाम देखि काठमाडौ सम्मका भिभिन्न मनमोहक दृश्यहरु कैद गरिएका छन् ।
पूर्वीय नेपालको सुन्दर ठाँउ इलाम जिल्लामा जन्मेका भुर्तेलले सानैदेखि गीत संगीतमा आफ्नो सुन्दर सपना रहेको बताए । जुन राजधानी काठमाण्डौ छिरे लगतै श्री संगीत पाठशाला चण्डी काफ्लेबाट सुरु गरि आफ्नो सपना पुरा गरेको बताउन्ु भयो । अहिलेको गीत सबै भन्दा उत्कृष्ट भएको तथा यसले अझै हौशला थपेको उहाँको भनाई थियो ।
,उक्त गित को बारेमा बोल्दै नरेश भन्छन यो गित ले मेरो एउटा सपना पूरा गर्यो अनि सानो पहिचान पनि भएको कुरा बताए । अब निकट भविष्यमा एउटा आफ्नै शब्द संगीत मा रहेको अर्को पृथक रोमान्टिक गित ल्याउने तयारीमा रहेको पनि बताए । जसमा नेपाल का चर्चित गायक शिव परियार को आवाज रहनेछ भन्नु भयो ।
स्वभाव ले एकदमै सालिन र भद्र संगीतकार भुर्तेल एरेन्जर र राम्रा संगीत प्रशिक्षक पनि हुन् । काठमाडौ का निकै राम्रा स्कुलहरुमा समेत उन्को छाप निकै नै राम्रो रहेको छ । संगीत प्रशिक्षक को रुपमा नाम र दाम दुबै रहेको ले यस क्षेत्रमा भविष्य पनि राम्रै गरि बितिरहेको कुरा पनि निर्धक्क साथ बताए ।