पूर्व जनमुक्ति सेना नेपालले सहिदहरुको सम्झनामा १७ औ दिवस मनाईयो
कलाखबसर संवाददाता, ९,मंसीर–काठमाण्डौँ । पूर्व जनमुक्ति सेना नेपालले शनिबार १७ औ वार्षिक उत्सव मनाएका छन् । राजधानीको माईतीघर मण्डला स्थित पूर्व जनमुक्ति सेना नेपालको स्मृतिमा बत्ति बालेर शोक मनाएका थिए । कार्यक्रमलाई पूर्व जनमुक्ति सेना नेपालका संयोजक प्रविण तामाङले उदघाटन गरेका थिए ।
देश र जनताको उन्मुक्तिका लागी लड्दालड्दै सहिद,घाईते, तथा अपाङ्ग भएका सबै परिवारहरुका लागी सरकारले निशूल्क सेवा सुविधा र रोजगारी सृजना गर्नै पर्ने धारणा पनि उहाँले राख्नु भयो ।
आफूहरुको १२ शुत्रीय मागहरु पूरा नभए शसक्त आन्दोलनमा उत्रिने चेतावनी समेत उहाँ दिनु भयो । नारामा समेटिएका कुराहरु यस्ता छन् ।
– घाईतेलाई आजीवन उपचार गर्नु पर्ने ।
– हरेक जनमुक्ति सेना परिवारले राष्ट्रिय प्रमाणपत्र पाउनु पर्ने ।
– प्रत्येक सहिद परिवारले रोजगारी पाउनु पर्ने ।
– योग्यता र सीप मूल्याङ्क गरि रोजागारीको व्यावस्था गर्नु पर्ने ।
– सबै जनसेनाहरुलाई मासिक रुपमा जीवन बृद्धि भत्ताको ग्यारेन्टी गर्नु पर्ने ।
– लोकतान्त्रीक गणतन्त्रमा अगंभङ्ग तथा बेपत्ता भएका, सबैको पहिचान गरि उचित व्यावस्था गर्नु पर्ने ।
जस्ता मागहरु उनीहरुले अघी सारेका छन् । यी मागहरु पूरा नभए फेरि विद्रोह समेत हुन सक्ने उनीहरुको चेतावनी थियो ।