‘गरुड पुराण’ माघ ४ मा आउने

कलाखबर संवाददाता ५, कात्तिक–सुवास कोइरालको निर्देशनमा निर्माण भएको फिल्म ‘गरुड पुराण’ माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण  युनिटले फिल्मको फस्टलुक सहित प्रदर्शन मिति तय गरेको हो।

आइतबार सार्वजनिक गरिएको फिल्मको पोस्टरमा अभिनेता नाजिर हुसेनलाई ब्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ। कर्मा शाक्य, प्रवीण खतिवडा, कामेश्वर चौरसिया र  प्रियंका सिंह ठकुरी पनि पोस्टरमा समेटिएका छन् ।

अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतको पनि अभिनय छ। पारिवारिक प्रेमकथामा आधारित फिल्म हास्यप्रधान विधामा तयार भएको निर्देशक कोइरालाले बताए ।

आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास आफैले लेखेको फिल्ममा रेनेशा बान्तवा राईको कोरियोग्राफी, कोसिस क्षेत्रको संगीत, कोसिस र मनिषा पोखरेलको गायन, सुसन प्रजापतिको छायांकन र उज्ज्वल ढकालको सम्पादन रहेको छ।