परमिताको ‘दि कर्मा’फिल्मसको प्रदर्शन मिति सर्यो

कलाखबर संवाददाता ५ ,कात्तिक–प्राविधिक काम नसकिएकोले फिल्म शुक्रबारबाट प्रदर्शनमा आउन नसक्ने निर्माण युनिटले जनाएको छ ।

निर्देशक देवकुमार श्रेष्ठले फिल्म अब ४ माघमा मात्र प्रदर्शनमा आउने जानकारी दिए । ‘हतारमा रिलिज गर्दा फिल्म बिग्रन सक्छ’ उनले भने ‘उत्कृष्ट बनाउन हामीले प्राविधिक कार्यलाई पनि समय दिनु पर्ने हुन्छ ।’

नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाक बिषय बनाइएको फिल्म जयराज रायले निर्माण गरेका हुन् । रामेश्वर कार्कीको छायांकन रहेको फिल्ममा निशा खतिवडा समेत निर्मात्रीको रुपमा रहेकी छन् ।

जय मिडिया म्यानेजमेन्ट प्रा।लिको ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । फिल्ममा मोडल करण वर्मा, नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतको अभिनय रहेको छ । फिल्म नेपाली र हिन्दी भाषामा समेत तयार हुने निर्देशक श्रेष्ठको भनाई रहेको छ ।