Logo

‘दाइलाई कुरा लाइदिनी…’ गीत बजारमा


कलाखवर सम्वाददाता, मङ्सिर १ –भ्रष्टाचारविरुद्धको कथा बोकेको चलचित्र ‘सयकडा दश’ले पहिलो गीत ‘दाइलाई कुरा लाइदिनी…’ सार्वजनिक गरेको छ । ‘दाइलाई कुरा लाइदिनी, सात्तो खाइदिनी…’ बोलको गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् । तृषला गुरुङ र सन्देश पाठकले स्वर छ भने गीत रामशरण पाठकले लेखेका हुन् ।

गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको छ । ‘प्रेमगीत–२’ फेम्ड निर्देशक रामशरण पाठकले चलचित्रलाई निर्देशन गरेका छन् । मनोज गजुरेल र राजाराम पौडेलसमेत मुख्य भूमिकामा छन् । चलचित्र माघ १८ गते प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्