‘गोर्खे’को दोस्रो गीत सार्वजनिक

कलाखवर सम्वाददाता, मङ्सिर १ – चलचित्र ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सिन्की अचार’ बोलको गीतमा अन्जु पन्त र आर.सी. रिमालको स्वर छ । नग्वा फिञ्जु पाख्रिनको शब्द तथा सङ्गीतमा रहेको गीतको भिडियो चर्चित मोडल अञ्जली अधिकारी र रविन्द्र प्रताप सेनको नृत्य छ ।

सन्तोष ढकालको निर्देशनमा बनेको चलचित्रलाई तिर्थ कोजु, हरि लामा र हरि थापाले संयुक्त रूपमा निर्माण गरेका हुन् । हरि लामा र हरि थापा यसअघि विभिन्न चलचित्रको भान्सापट्टिको विभाग हेर्ने गर्थे । नीरज कँडेलको सिनेम्याटोग्राफी रहेको चलचित्रको गीतलाई शिव वि.क.ले कोरियोग्राफी गरेका हुन् ।