हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए
कलाखवर सम्वाददाता, कार्तिक २८- नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाएका छन् । हरिवंशले बिहानै गणेश मन्दिरमा पुगेर पूजा गरे । उनको जन्मदिनको अवसर पारेर काठमाण्डौको रेडियो अडियोमा केक काटेर सेलिव्रेशन समेत गरिएको थियो । रिष्ठ कलाकार हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर आज मंगलबार बिहान कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको मुहूर्त गरिएको हो । रिष्ठ कलाकार हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर मंगलबार बिहान कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको मुहूर्त गरिएको थियो ।
केक काट्ने कार्यक्रममा बोल्दै आचार्यले आफ्नो दिवंगत पत्नी मिरा आचार्यलाई संझिए । उनले भने–‘मैले बिहानै उठेर मिराको तस्बिर ढोगे र आर्शिवाद लिएँ । उनी मेरा लागि भगवान् भैसकेकी छिन् । मेरो जीवनलाई यो स्थानमा ल्याउनका लागि मिराको योगदान अमुल्य छ ।’ हरिवंशले जन्मदिनमा चलचित्र क्षेत्र, पत्रकार, साथीभाई, परिवार सबैलाई संझिएर आर्शिवाद लिएको समेत सुनाए । नेपाली चलचित्र निर्माणमा समेत लागेका हरिवंशले यूवापुस्ताका कलाकारको उर्जा आफूमा सरोस् भन्ने कामना समेत गरेका थिए ।