राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा


कलाखवर सम्वाददाता, कार्तिक १९ –शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मलिका’को नेपालका लागि संयूक्त (यूनएफपिए, नेपाल) ले प्रशंसा गरेको छ । उनले आफ्नो आफ्नो आधिकारिक ट्विटरमार्फत अभिनेत्री रेखाको चलचित्रको तारिफ गरेको हो ।
ट्वीटमा उसले चलचित्रले ‘लैङिक विभेदको उजागर गर्दै कसरी लैगिकंतामा आधारित हिंसाले नेपाल समाजलाई विभिन्न तरिकाले प्रभावित पारेको’ लेखेको छ ।
चलचित्र रेखाले नै निर्माण गरेकी हुन् । उनीसँगै चलचित्रमा जाजरकोटकी १५ वर्षिया कमला ओलीको समेत मुख्य भूमिका रहेको छ । महिला सशक्तिकरणको आवाज उठाउन आफुले ‘मालिका’ बनाएको रेखाले बताइन् ।