Logo

मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही


राजकुमार राई,२,कात्तिक–काठमाण्डौं। मिटरमा हिडन नमान्य १२८ वटा टयाक्सी कारबाहीमा परेका छन् । चाडबाडको अवसर पारेर मौकाको फाईदा उठाउन खोजने १२८ जना टयाक्सी चालक एकै दिन कार्बाहीमा परेका छन् ।

महानगरीय ट्राफिक महाशाखाले यात्रुसँग बढी भाडा लिनका लागि मिटरमा जान नमान्ने १ सय २८ जनालालाई एकै दिन कारबाही गरेको हो । महाशाखाका प्रमुख एसएसपी वसन्तले दिएको जानकारी अनुसार बिहीबार दिनभरको अवधिमा उनीहरू कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा फ्लोरिसेन्ट ज्याकेट नलगाउने चालक पनि रहेका छन् । उनका अनुसार उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा जम्मा ३ सय ८६ जना चालकहरु कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्