नेचर (प्रकृति) बोर्डिङ स्कुलमा टिका जमरा सहित शुभकामना आदनप्रदान

कलाखबर संवाददाता, २६,असोज–काठमाण्डौँ । नेचर (प्रकृति) बोर्डिङ स्कुल सामाखुसी काठमाडौंले दशै बिशेष शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा विद्यार्थी शिक्षक शिक्षिकाहरु बीच दशै बिशेष शुभकामना आदान प्रदान गरिएको छ ।
यस विद्यालयमा अध्यायनरत सबै विद्यार्थीहरुलाई टिका जमरा र दक्षिणा सहित बिदाई गरिएको छ । विद्यालयका तर्फबाट प्रमुख अतिथिमा राम नाथ पोखरेल हुनुहुन्थ्यो भने कार्यक्रमका अध्यक्षता विद्यालयका प्रिन्सिपल श्री तुलसी प्रसाद पौडेलले गर्नु भएको थियो ।
जसरी अभिभावकले आ आफ्ना छोरा छोरीलाई विजय दशमीको टिकाको दिन आर्शिबाद दिनुहुन्छ त्यसरीनै हामिले पनि यि विद्यार्थी भाई बहिनी, छोरा छोरी सरह भएकोले सामूहिक रुपमा यसरी टिका जमरा लगाई विजय दशमीको अवसरमा सुः ख, दुः ख आदान प्रदान गरी आर्शिवाद व्यक्त गरिएको हो ।
अर्को कुरा विद्यार्थीहरु टाढा टाढा दशैको लागि यात्रा गर्दै हुनुहुन्छ, यस अवसरमा सुःख, शान्ति र समृद्धिको कामना गर्नको लागि पनि यस कार्यक्रम आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि रामनाथ पोखरेलले बताउनुभयो । यस्तै शुभकामना मन्तव्य व्यक्त गर्नुहुनेमा रामकृष्ण पौडेल, माधव भट्राई लगायतका शिक्षकहरु हुनुहुन्थ्यो ।
विद्यालयले नयाँ आयामको रुपमा टिका जमरा लगाएर सबै विद्यार्थीहरुलाई दक्षिणा सहितको शुभकामना दिइएको छ । बिद्यार्थीहरु निकै खुशी देखिए । विद्यालयले नयाँ कार्यक्रम गर्ने गरेको र घर परिवार जस्तै मायालु वातावरण विद्यालयमा भएको विद्यालयका विद्यार्थीहरुले कलाखवरलाई बताए ।
विद्यार्थीहरुलाई सिधै विदाई गर्नु भन्दा पनि पहिले देखि नै चलिआएको पराम्परा झल्काउने दशै तिहार जस्ता चाड पर्वको महत्वसँगै शिक्षक विद्यार्थीबीचको एउटा सम्बन्ध सुमुधुर कायम गर्नका लागी यो कार्यक्रमको आयोजना गरिएको समेत विद्यालयका निर्देशक रामकृष्ण पौडेलले बताउनुभयो ।
त्यस्तै जसरी अभिवाकले आफ्नो छोराछोरीको माया लाग्छ, त्यसरी नै हामीलाई पनि हाम्रो विद्यार्थीको माया लाग्छ, सो माया लाई अभिभावकत्वको रुपमा ग्रहण गर्न पनि यो कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल तुलसी प्रसाद पौडेलले बताउनुभयो ।
बिद्यालय छोडेर टाढा ठाउँमा दशै मनाउन जादै गरेका सबै विद्यार्थीहरुको स्वास्थ्य लाभको कामना समेत सबै शिक्षक शिक्षिकाहरुले गरेका थिए । कार्यक्रमलाई आर्कषक ढंगले विद्यालयका संचालक श्याम विक्रम राणाले संचालन गर्नु भएको थियो ।