न्याय अभियान कर्ताद्वारा गृहमन्त्री थापाको राजीनामा माग सहित राजधानीमा प्रदर्शन

कलाखबर संवाददाता,२०,असोज–काठमाण्डौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियान कर्ताहरु शनिबार राजधानीमा प्रदर्शनमा जुटिएका छन् ।
माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शन बानेश्वरमा पुगेर कोण सभामा परिणत गरिएको थियो । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग समेत गरिएको थियो ।
विभिन्न दलमा आबद्ध कार्यकर्ता तथा अभियन्ताहरूले प्रदर्शन गरेका थिए ।
गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो।
घटना भएको २ महिना बिते पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।