Logo

मिस हेरिटेज क्वीन नेपालको आयोजक रबि लामाले ताज बेचेको यसरी भयो खुलासा


कलाखबर संवाददाता,८,असोज–काठमाण्डौं । शनिबार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीनको ग्राण्ड फिनाईलमा मिस हेरिटेज क्वीनको ताज अस्मिता खडकाले जितिको आयोजकले देखाए । फष्ट रनरअप सुस्मिता गोले भइन भने सेकेण्ड रनरअप योसी ह्योल्मो भइन ।

थर्ड रनरप ग्रिस्मा रिजाल भइन । तर जब प्रतियोगीतामा निष्पक्ष नभएको सुईको पाएपछि सुस्मिता गोलेले अनुहार बिगारिन् । यद्यपी गोलेले ताज समेत लाउन मानेकी थिइनन् । साथै अरु प्रतिस्पर्धीहरु पनि असुन्तुस्त जनाउदै गोलेलाई घेरा लगाउदै आयोजक विरुद्ध उत्रिन थाले ।

साथै आयोजक रबि लामाले प्रतियोगीता सुरु हुनु भन्दा अगाडी नै आठजना प्रतियोगीहरुलाई समुहमा राखी होटलको सौचालय पछाडी लगेर एक लाख रुपैया मागेको सुस्मिता गोलेले कलाखबरलाई बताइन् । त्यही वेला सुुस्मिताले पैसा केको लागी ? भनेर सोध्दा रबि लामाले होटलमा एकलाख तिर्न पर्ने भएकोले भनेको बताईन ।

त्सैगरी गोप्य र एकान्तमा लगेर आफूसँग दुई लाख मागेको कुरा प्रतियोगी नं १ समिक्षा पौडेलले बताईन् । तर समक्षिा पोडेलले सो रकम दिन नक्ने जनाए पछि टप ६ बाट फालेको समेत जनाइन् । सबै दर्शकको हौशला र हुटिङ भने समिक्षा प्रति नै थियो । उनले आयोजकले पैसा लिएको समेत आरोप लगाइन ।

त्यही मौकामा विवाद सुरु हुदाहुदै हतारहतार आयोजकले मिस हेरिटेज क्वीन २०१८ को उपाधी अस्मिता खडका घोषणा गर्यो । अस्मिता खडकालाई वीनर घोषणा गरेपछि माहोल विथोलिएको थियो । आर्थिक चलखेलमा आयोजक ४ बजे सुरु हुने भनिएको कार्यक्रम राती ७ बजे सुरु गर्दा नै संकाको घेरामा थियो ।

अधिकांश दर्शक तथा प्रतियोगीले सुस्मिता गोलेले वीनर हुने सम्भावना देखेका थिए । टयालेन्ट राउण्ड देखि पश्नको जवाफ राउण्डसम्म सबै प्रस्तुती हेर्दा सुस्मिता गोले वीनर हुने अधिकांशको अनुमान थियो । प्रतियोगीले समेत सुस्मितालाई बधाइ दिइसकेको अवस्थामा अस्मितालाई वीनर घोषणा गरेपछि आयोजकले आर्थिक चलखेल गरेको आरोप समेत लागेको छ ।

टाइटल वितरणमा समेत आयोजकको लापरबाही देखिन्छ । भ्युअर च्वाइसको आधारमा प्रदान गरिएको टाइटल नै संकास्पद थियो । उदघोषकले फेसबुक लाइकका आधारमा यो टाइटल तय गरिएको भन्दै योसी ह्योल्मो सबैभन्दा लाइक आएको भन्दै यो टाइटल प्रदान गरियो । अन्य टाइटलको तुलनामा यो टाइटल निकै महंगो थियो ।

समिक्षाको कब्जामा आउनु पर्ने दर्शकको अनुमान थियो । वीनरले पाउने स्कुटी बराबरको सुविधा यो टाइटलमा राखिएको थियो । तर फेसबुमा हेर्दा सबैभन्दा कम लाइक योसी ह्योल्मोको देखिन्छ । यो टाइटलमा समेत आयोजक संकाकै घेरामा छन । ३५ सयका दरले विक्रि गरेको टिकमा खानाको समेत व्यवस्था गरिएको थियो ।

तर कार्यक्रम सकिएपछि टिकटले खाना नदिन होटललाई भनियो र खानाको लागि टिकटको सट्टा कुपन राखियो । कुपन लिएर खानाको लाइनमा बस्दा खाना समेत खान नपाएपछि झनै विवाद भयो । किन कुपन भएर पनि खाना पाएनन हामीले बुझने प्रयास गर्दा कार्यक्रम गरे वापत तथा खानाको विल समेत नतिरेकाकारण होटलले खाना नदिएको रहेछ ।

यसरी १२ बजे राती खाना समेत नदिएपछि दर्शकहरु आक्रोसमा आएका थिए । होटलको विल नतिरेपछि वीनरले पाएको स्कुटीसमेत होटलले कब्जा गरेको छ । जमानी स्वरुप स्कुटी राखिएको होटलले जनाएको छ । होटलका एक कर्मचारीले भने ‘आयोजक ले होटलको बिल नतिरेको कारण हामीले स्कुटी राखेका हौ, जहिले आयोजकले होटलको विल तिर्छन त्यसपछि स्कुटी लान सक्नेछन ।

’ प्रतियोगी न ११ सोना बरामलाई आयोजक रबि लामाले रातको ११ बजे फोन गरेर पचास हजार सम्मको टिकट बेच्न दबाब दिएको बताईन् । पचास हजार बराबरको टिकट नबेचेमा प्रमाण पत्र समेत नदिने धम्कि दिएको सोनाले खुलासा गरिन् । साथै प्रतियोगी नं ३ सिमा मगरसँग ५०,००० र प्रतियोगि नं ७ सीता ज्योतीसँग २०,००० आईताबार दिन्छु भन्दै लिएको रकम अहिले सम्म पनि नदिएको उनले बताईन् ।

साथै आयोजकले फाईनलको एक दिन अघि प्रतियोगीहरुलाई जो बिजेताहरु हुन्छन्, क्रमश ः पहिलो बिजेताले १,००,०००,उप बिजेताले २५,०००, र तेस्रो बिजेताले १५,०००, दिनु पर्ने लिखित एग्रीमेन्ट समेत यसरी गरिएको रहेछ । साथै अग्रीमेन्ट अनुसार तीनै बिजेतालाई स्कुटर दिने लेखिएता पनि पहिलो बिजेतालाई मात्र दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्